३५ जिल्लामा मतदान जारी, मतदाताको उत्साहपूर्ण सहभागिता (अपडेट ४ः३०)
अपडेट ४ः३० दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार गढवा गाउँपालिका-४ स्थित दिपेन्द्र आधारभूत विद्यालय पर्सेनीमा दाजुको नामबाट भोट हाल्न गएका १७ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी सोही गाउँपालिका-६ का ऋषि खनाललाई नमूना मतपत्र लिएर मतदान केन्द्रमै मतदाताका बिचमा प्रचार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले खाँदबारी नगरपालिका-१ डडाँरेबाट असार १३ गते गिरफ्तार गरेको छ । भोजपुरको अरुण गाउँपालिका-४ घर भएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३१ वर्षीय ज्ञानेन्द्र विश्वकर्मालाइ प्रहरीले गिरफ्तार गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको गस्ती टोलीले गिरफ्तार गरी हिरासतमा…
खुकुरी प्रहार गरी पत्नीको हत्या घटनाका आरोपित गिरफ्तार
सिरहाको भगवानपुर गाउँपालिकामा असार १३ गते दिउँसो भगवानपुर गाउँपालिका-१ की २९ वर्षीया रामकला यादवलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका ३० वर्षीय पति बालकृष्ण यादवलाई गिरफ्तार गरेको छ । घरायसी विवादमा बालकृष्णले प्रहार गरेको खुकुरी घाँटीमा लागेर रामकलाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर…
तीन स्थानमा बम फेला, सेनाद्वारा निष्कृय
पुनर्वास नपा-४ र पुनर्वास नपा-६ मा असार १३ गते भेटिएका सकेट र प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीम दाहालले जानकारी दिए । यसैगरी कृष्णपुर नपा-२ मा भेटिएको प्रेसर कुकर बमलाई पनि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयले…
राजपाद्वारा चुनावको विरोधमा मसाल जुलुस प्रदर्शन
दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले महोत्तरीमा असार १३ गते मसाल जुलुस प्रदर्शन गरेको छ । सदरमुकाम जलेश्वरस्थित राजपाको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुसले जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । जुलुसमा सहभागी राजपाका नेता कार्यकर्ताले निर्वाचनको नाममा पश्चिमी र पूर्वी मधेस थरुहटका जिल्लाहरूमा…
उम्मेदवारको घरमा 'नक्कली बम', प्रहरीले राति नै हटायो
अज्ञात समूहद्वारा मेयर पदका उम्मेदवारका घरसहित विभिन्न पाँच ठाउँमा राखिएको 'नक्कली बम' प्रहरीले हटाएको छ । असार १२ गते राति नेपाली काङ्ग्रेसको तर्फबाट तुल्सीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको सल्यान रोडमा रहेको घर अगाडि राखिएको नक्कली बम प्रहरीले १३ गते बिहान एक बजे हटाएको हो । त्यस्तै नेकपा माओवादी…
मतदानका दिन मेयरका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड
नेकपा एमालेका तर्फबाट प्यूठान नगरपालिका मेयर पदका उम्मेदवारले मतदानका दिन प्रयोग गर्न 'पास' बनाएको बा ९ च ६५१४ नं.को टोयटा हाईलेक्स पिकअप गाडीमा तोडफोड भएको एमालले जनाएको छ । प्यूठान नपा-४ बिजुवारमा सवारीधनी बालाजु श्रेष्ठले आफ्नै घरमा रोकी राखेको गाडीमा असार १२ गते राति तोडफोड भएको थियो । उक्त गाडीमा…
मतदानस्थल नजिकै भेटिएको स्वीच बम सेनाद्वारा निष्कृय
लालिगुराँस नगरपालिका-५ दागपा स्थित सिंहबाहीनी मावि मतदान केन्द्र नजिकै भेटिएको विष्फोटक पदार्थ नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । मतदान केन्द्र भन्दा ५ सय मिटर उत्तर तर्फो खालीचौरमा रेडबुलमा विष्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो । असार १३ गते बिहान १० बजे रेडबुलमा…
उम्मेदवारको घर छेउमा फेला परेको शक्तिशाली बम नेपाली सेनाद्वारा निष्कृय
दमक नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारको घर छेउ र सोही नपा-२ मा असार १३ गते बिहान फेला पारिएको दुईवटा शक्तिशाली बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ । स्थानीयका अनुसार माओवादी केन्द्रको तर्फबाट दमक नगरपालिकाका मेयर उम्मेदवार ४६ वर्षीय गगन पुरीको घर नजिक र सोही नपा-२ स्थित हिमालय…
अछामका तीन स्थानमा बम फेला
तुर्माखाँद गाउँपालिकाका दुई स्थानमा र ढकारी गाउँपालिकामा असार १३ गते बाल्टीन बम फेला परेका छन् । तुर्माखाँद गाउँपालिका-५ को नाडा र ढकारी गाउँपालिका-४ मा बिहान भेटिएका बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कर्णबहादुर बमले जानकारी दिए । तुर्माखाँद गाउँपालिका-८ मा भेटिएको बमका बारेमा बुझेर…