निर्वाचन सुरक्षा व्यवस्था कडा बनाऊः रामा आयोग
प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको दोश्रो चरणको दिन नजिकिँदै गर्दा तेह्रथुम, स्याङ्जा, र्सलाही, पाल्पा, डडेल्धुरा, कैलाली जिल्लालगायत राजधानी मै उम्मेदवार तथा दलका चुनावी कार्यक्रमलाई लक्षित गरी बम आक्रमण भई उम्मेदवार तथा दर्जनौँ सर्वसाधारण व्यक्तिहरू घाइते भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बम विष्फोटबाट…
नयाँ शक्ति पार्टीका उम्मेदवारको गाडीमा तोडफोड
कैलाली निर्वाचन क्षेत्र नम्बर- ३ (ख) प्रदेश सभाका उम्मेदवार कृष्णकुमार चौधरीले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका बा ११ च ५२८८ नम्बरको गाडीमा मङ्सिर १७ गते राति तोडफोड भएको प्रहरीले जनाएको छ । घोडघोडी नपा-७ का वडा सदस्य नवीन विष्टको नेतृत्वमा रहेको टोलीले गाडीको अगाडि र पछाडिको सिसा फुटाएको र आफूले…
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रअ गिरफ्तार
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा लामिडाँडा गाउँपालिका-१ कुभिण्डेस्थित रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक शेखर पोखरेललाई प्रहरीले मङ्सिर १६ गते साँझ गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठनमा आवद्ध भएको आरोपमा उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ…
सर्लाहीमा छुट्टा छुट्टै दुई स्थानमा बम विष्फोट
सर्लाहीको कर्मैया र मलङ्गवामा मङ्सिर १८ गते बम विष्फोट भएको छ । जिल्ला सदरमुकाम मलंगवास्थित सर्लाही क्षेत्र नं. २ की स्वतन्त्र उम्मेदवार राधा मौसीको घरमा पार्किङ गरेर राखिएको एच पी १९ सी ९९७३ नम्बरको गाडीभित्र बम विष्फोट भएपनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेश थापाले बताएका छन् ।…
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा शिक्षकसहित पाँच जना गिरफ्तार
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले एकजना शिक्षकसहित पाँच जनालाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । प्रहरीले लमही नपा-३ स्थित सुर्यविनायक माविका फल्कापुरका ३२ वर्षीय शिक्षक रामा चौधरी, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ३५ वर्षीय जनक बिक, सोही पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष २७ वर्षीय अनिल केसी, जिल्ला…
निर्वाचन आयोग सरकारको छाँयामाः अध्यक्ष प्याकुरेल
मङ्सिर २१ गतेको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोग नेपाल सरकारको छाँयामा परेको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आरोप लगाएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा सरकारले निर्वाचन आचारसंहिता मिचेर आफू अनुकूल कर्मचारी सरूवादेखि अनेक रवैया देखाउँदा पनि निर्वाचन आयोगले केही गर्न नसकेको उनको आरोप छ । मङ्सिर १७ गते इलाममा आयोजित…
निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार
निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न जिल्लामा उम्मेदवारका पक्षमा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार भइरहेका खबर आएका छन् । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार उमेशकुमार यादवले मङ्सिर १७ गते बिहानदेखि माइकिङबाट प्रचारप्रसार सुरू गरेका छन् । चुनाव चिन्ह र उम्मेदवारको…
विभिन्न ठाउँमा बम विष्फोटका घटना, घटनाको भत्र्सना
नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी मङ्सिर १६ गते साँझ पाल्पामा बम विष्फोट भएको राससले जनाएको छ । तिनाउ गाउँपालिकाको दोभानस्थित डेढगाउँ नजिकैको जङ्गलमा बम विष्फोट हुँदा गाडी चालक घाइते भएका छन् । घर्तीसहित माओवादी कार्यकर्ताहरू भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका एसपी डिल्लीराज पन्तले बताए ।…
शान्ति सुरक्षाको अवस्था सन्तोषजनक छैनः अध्यक्ष प्याकुरेल
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले निर्वाचन केन्द्रीत शान्ति सुरक्षाको अवस्था सन्तोषजनक नरहेको आरोप लगाएका छन् । विराटनगरमा मङ्सिर १६ गते आयोजित एक कार्यक्रममा अध्यक्ष प्याकुरेलले दुई महिना यता दिनैपिच्छे बम पड्कने घटना भइरहँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको आरोप लगाएका हुन् । उनले निर्वाचनका समयमा पनि उम्मेदवारलाई सुरक्षा प्रदान गर्न…
बीस ओटा मतदानस्थल अति सम्वेदनशील
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि तोकिएका १ सय ३८ मतदानस्थलमध्ये बीस ओटा मतदानस्थल अति सम्वेदनशील रहेका जिल्ला सुरक्षा समिति सुर्खेतले जनाएको छ । जिल्ला सुरक्षा समितिका अनुसार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधि र खुल्ला सिमानाका कारण १ सय ३८ मतदानस्थलमध्ये ८५ ओटा सम्वेदनशील र ३३ ओटा मतदानस्थल…