बहुविवाह गरेको आरोपमा उजुरी
सिरहा नपा-२१ की २० वर्षीया सरिताकुमारी यादवले ४२ वर्षीय पति अरूण यादवविरूद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पुस १३ गते उजुरी दिएकी छन् । पीडितका अनुसार आरोपितसँग सामाजिक परम्परा अनुसार २०७२ सालमा विवाह भए पनि घरेलुहिंसा गरिरहेको र सिरहा नपा-२२ कि १२ वर्षीया नाबालिकासँग मङ्सिर ७ गते बहुविवाह गरेकोले कानुनी कारबाहीका…
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरूलाई पुस १३ गते आह्वान गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा पुस १३ गते बसेको बैठकले दल दर्ताको निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेले बताए । 'नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा…
स्थानीय तहमा गैरसरकारी संस्था व्यवस्थापन गर्न बनेको नमूना ऐन खारेज गर्न इन्सेकको माग
गैरसरकारी संस्थालाई नियन्त्रण गर्ने गरी मस्यौदा गरिएको नमूना ऐन मानव अधिकार तथा मौलिक अधिकार तथा नेपालको संविधानको विपरीत रहेको जनाउँदै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ज्ञापनपत्र बुझाएको छ । पुस १३ गते सिंहदरबार, काठमाडौँ स्थित मन्त्रालयमा पुगेर इन्सेकले मन्त्रालयका सचिव दिनेशकुमार थपलियालाई ज्ञापनपत्र…
भीमफेदी कारागारमा झडप हुँदा ६ जना घाइते
क्षेत्रीय कारागार भीमफेदी 'ख' ब्लकका बन्दीहरूबिच पुस १३ गते झडप भएको छ । झडपमा परी ६ जना बन्दी घाइते भएका छन् । घाइतेहरूको उपचार हेटौँडास्थित अस्पतालमा भइरहेको छ । घाइतेमध्ये दिव्य श्रेष्ठको अवस्था गम्भीर रहेको छ । उनको उपचार चुरेहिल अस्पतालमा भइरहेको छ । अन्य पाँच जनाको उपचार हेटौँडा अस्पतालमा…
बैतडीका स्वास्थ्य संस्थामा आइरन चक्कीको चरम अभाव
बैतडीका स्वास्थ्य संस्थाहरूमा गर्भवतीले खाने आइरन चक्कीको चरम अभाव भएको छ । गर्भवती भएको ३ महिनादेखि नै खानुपर्ने आइरन चक्की अभाव हुँदा यहाँका गर्भवती महिलाहरू समस्यामा परेका छन् । सिगास गाउँपालिका-२ की कलावती धामी आइरन चक्की लिन गाँजरी स्वास्थ्यचौकी पुगिन् । तर, स्वास्थ्यचौकीमा आइरन चक्की नहुँदा उनी रित्तै हात फर्किनुपर्यो…
तिला नदीको दुषित पानी खान बाध्य छन् कैदीबन्दी
जिल्ला कारागार शाखा जुम्लाका कैदीबन्दीहरू तिला नदीको दुषित पानी खान बाध्य भएका छन् । सुख्खा मौसमका कारण पानीको स्रोत घट्दै गएपछि कारागारमा पानी नपुग्ने भएका कारण कैदीबन्दी लगायत प्रहरी र कर्मचारी नदीको दुषित पानी खान बाध्य भएका हुन् । संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक उल्लेख गरिए पनि स्वास्थ रहनका…
अनुदानको चामल सर्वसाधारणले नपाएको गुनासो
हवाईमार्गमार्फत स्थानीयबासीको नाममा आएको अनुदानको चामल नवनिर्वाचित सांसदहरूले आफ्ना पार्टीका कार्यकर्तालाई वितरण गरेपछि सर्वसाधारण व्यक्तिले अनुदानको खाद्यान्न नपाएको गुनासो गरेका छन् । आर्थिक वर्षसुरू भएको चार महिनापछि ढुवानी गरिएको अनुदानको खाद्यान्न सांसदहरूले चिटमार्फत कार्यकर्तालाई वितरण गरेपछि सर्वसाधारण मर्कामा परेका हुन् । प्रदेश र प्रतिनिधि सभाका तीन जना सांसदले ८ सय…
सङ्क्रमणकालीन न्याय निरूपण आयोगको कामप्रति अधिकारकर्मीको ध्ययानाकर्षण
सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका ३ वर्षको कार्यकाल यही माघ २६ गते पुरा गरी बिना कुनै उपलब्धि समाप्त हुन लागेको सन्दर्भमा जबाफदेहीता निगरानी समितिले विषेश ध्यानार्कषण भएको जनाएको छ । ‘सङ्क्रमणकालीन न्याय शान्ति प्रकृयाको एक प्रमुख हिस्सा हो । यसलाई सम्बोधन गर्न यी दुबै आयोग…
क्षमता भन्दा दोब्वर कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या
जिल्ला कारागारमा क्षमता भन्दा दोब्वर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको 'घ' श्रेणीको कारागारमा ४० जना कैदी र ११ जना थुनुवा तथा एक जना बालिका आश्रति रहेकी छन् । महिला कैदी तीनजना मात्र भएकाले उनीहरूलाई त्यति समस्या नभएपनि पुरुष कैदीबन्दी दोब्वर बढी…
बलात्कार घटनाका फरार अभियुक्त गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ६ वर्षकैद सजाय सुनाइएका फरार अभियुक्त चैनपुरका २५ वर्षीय विनोद अधिकारीलाई प्रहरीले पुस १२ गते गिरफ्तार गरेको छ । ०६९ पुस ३ गते पुनरावेदन अदालत हेटौँडाबाट भएको फैसलाले उनलाई कैद सजाय तोकेको जिल्ला अदालत चितवनका श्रेष्तेदार गेहेन्द्रराज पन्तले बताए । पीडित बालिकालाई आरोपितले ०६७…