क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या
जिल्ला कारागार सल्यानमा क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या भएको यहाँका कैदीबन्दीले गुनासो गरेका छन् । कारागार मा २० जना पुरुष र पाँचजना महिलाको क्षमता भए पनि हाल ८८ जना कै दीबन्दी र हे को जे लर बिक्रम के सीले बताए । क्षमता भन्दा तेब्बर भन्दा पनि बढी कैदीबन्दी हुँदा पर्याप्त खानेपानी, सहज रूपमा…
बलात्कार घटनाका आरोपितलाई कानुनी कारबाहीको माग
१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित जाजरकोट जिल्ला भेरीमालिका नपा-८ घरभई नेपालगञ्ज उपमनपा-५ गणेशपुर बस्दै आएका ३० वर्षीय शिव शाहीलाई पीडित पक्षले कानुनी कारबाहीको माग गरेका छन् । पीडित पक्षले भदौ ६ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएर यस्तो माग गरेका हुन् । पीडित बालिकालाई आरोपितले भदौ…
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका इभाङ् गाविस-१ का ३२ वर्षीय सञ्जयकुमार राईलाई जिल्ला अदालतले एक वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले भदौ ६ गते विवाहवारी महलको १० नम्बर बमोजिम कसुर ठहर गर्दै राईविरुद्ध फैसला सुनाएको हो । राईलाई इभाङ गाविसकी…
गणतन्त्र सत्तामा मात्र आयो नागरिकसम्म पुगेनः अध्यक्ष प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मुलुकको सत्तामा गणतन्त्र आएपनि नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताएका छन् । जागरण नेपालले सुनसरीको सदरमुकाम इनरुवामा भदौ ६ गते आयोजना गरेको सरोकारवालासँगको छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले राज्यले दायित्व पूरा गर्न नसकेकाले नागरिकले गणतन्त्र आएको अनुभूति गर्न नपाएको बताएका हुन् ।…
बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला
२० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भुतही गाविस-८ का ५० वर्षीय रामचन्द्र प्रमाणीलाई जिल्ला अदालतले भदौ ६ गते २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको इजलाशले उक्त पैसला सुनाएको अदालतका श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पीडित महिलालाई रामचन्द्र प्रमाणीले बलात्कार प्रयास…
विस्थापितको पुनर्बास र अनुदान सम्झौता गराउन माग
नुवाकोट र रसुवा जिल्लालाई हेर्ने नुवाकोटको विदुरमा रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयमा रसुवाका भूकम्प पीडितहरूले विस्थापितलाई पुनर्बास गराउन माग गरेका छन् । भदौ ६ गते पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै भूकम्प पीडितहरूले रसुवाको हाकु र डाडागाँउबाट भूकम्पको कारण विस्थापित भएर लहरेपौवाको बोगटीटार र नौविसेलगायत…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
पूर्व-पश्चिम लोकमार्गको झलारी-वाणी खण्डमा अवस्थित जङ्गलमा ३५ वर्षीया एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा झलारीपिपलाडी नपा-११ का २७ वर्षीय अम्मर विष्टलाई भदौ ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई राजमार्गबाट नियन्त्रणमा लिएर छेउमै रहेको जङ्गलमा लगेर बलात्कार प्रयास गर्न खोज्दा पीडित महिलाले प्रतिकार गरेर भागेको बताइन् । पीडित…
अछाममा १५ हजार मेट्रिकटन खाद्यन्न अभाव
लामो खडेरीका कारण गएको आर्थिक वर्षको अन्नबाली उत्पादनमा कमी आएपछि अछाम जिल्लामा १५ हजार भन्दा बढी प्रशोधित खाद्यन्न अभाव रहेको र यसवर्षअघिल्लो आर्थिक वर्ष०७२/७३ भन्दा दोब्बर खाद्यन्न अभाव देखिएको जिल्ला कृषि विकास कार्यालय, अछामले जनाएको छ । खाद्यन्नको अभावसँगै अन्य जिल्लाबाट खाद्यन्न ढुवानी हुन नसक्दा आर्थिकस्तर कमजोर र पहुँच नपुग्ने…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा रकु गाविस-२ का २१ वर्षीय मन्दिरे सार्कीलाई प्रहरीले भदौ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित सार्कीले वैशाख २५ गते बालविवाह गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आफू भागेर सदरमुकाम आउन सफल भएको भन्दै…
बुहारीको हत्या गरेको आरोपमा ससुराविरुद्ध उजुरी
चौतारा नपा-२ गिदानेकी १९ वर्षीया सरिता मगरलाई हत्या गरेर जङ्गलमा पुर्याई झुण्ड्याएको आरोपमा ५२ वर्षीय तेजबहादुर थापामगर विरुद्ध ०७३ भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । सरितालाई साउन २१ गते आरोपितले कुटपिट गरी हत्या गरेर चौतारा नपा-२ गिदाने स्थित आफेखोला चिसापानी भन्ने जङ्गलको एउटा बुटोमा लगेर…