कथित बोक्सीको आरोपमा हत्या घटनाका आरोपित गिरफ्तार

नौबस्ता गाविस-९ तिकमपुरकी ४० वर्षीया डण्डी थारुलाई कथित बोक्सीको आरोपमा हत्या गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय दिनेश थारुलाई प्रहरीले भदौ ९ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्स्पेक्टर रमेश अवस्थीकाअनुसार घटनापछि फरार रहेका अरोपितलाई भदौ ९ गते राति कैलालीको अतरियाबाट गिरफ्तार गरिएको हो । इन्पेक्टर अवस्थीका…

०७३ भदौ १० गते  
नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको मुख च्यातेर हत्या गरेको आरोपमा विजौरी गाविस-३ मनिकापुरकी २० वर्षीया पार्वती विकलाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको जनाएको छ । अवैध सम्बन्धबाट जन्मिएको बालिकालाई घरमा जन्म दिएकी विकले हत्या गरी झोलामा घरभित्र लुकाएर उपचारका लागि राप्ती अञ्चल अस्पताल पुगेपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । प्रहरीका…

०७३ भदौ ९ गते  
बलात्कार घटनामा दोषी ठहरिएका दुई वर्षपछि गिरफ्तार

बलात्कार घटनामा दोषी ठहरिएका घोराही नपा-१ सर्राका २० वर्षीय दुर्गा चौधरीलाई प्रहरीले भदौ ६ गते घोराहीबाट गिरफ्तार गरेको छ । ३० वर्षीया एक महिलालाई ०७१ भदौ १५ गते सामूहिक बलात्कार गरेको घटनामा संलग्न भई घटनापछि फरार भएका चौधरीलाई दुई वर्षछि प्रहरीले गिरफ्तार गरेको हो । जिल्ला अदालतले दुर्गा चौधरीलगायत चार…

०७३ भदौ ९ गते  
मानव अधिकार समितिद्वारा सङ्क्रमणकालीन न्यायको ऐन संशोधन गर्न सरकारलाई निर्देशन 

व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । समितिको भदौ ८ गते बसेको बैठकले दुवै आयोगको काम कारबाही प्रभावकारी ढङ्गले अघि बढाउनका लागि सर्वोच्च…

०७३ भदौ ९ गते  
बहिर्गमित लडाकुलाई २ लाख रुपियाँ दिने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अयोग्य लडाकुलाई २ लाख रुपियाँ दिने भनी सरकारले ल्याएको बजेटको १९ नम्बर बुँदाले गरेको व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश गोपालप्रसाद पराजुलीको भदौ ८ गतेको एकल इजलासले अर्को सुनुवाइ नभएसम्मका लागि तत्काल 'अयोग्य लडाकु'लाई जनही २ लाख रुपियाँ दिने सो व्यवस्था कार्यान्वयन नगर्न आदेश गरेको…

०७३ भदौ ९ गते  
पत्नीको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

तेरहौता गाविस-५ नयाँ वस्तीकी ३५ वर्षीया सन्तोषी चौधरी राईको हत्या गरेको कसुरमा मृतकका ३७ वर्षीय पति नरेश राईलाई जिल्ला अदालतले भदौ ८ गते जन्मकैद सजायको फैसला गरेको छ । न्यायाधीश शारदाप्रसाद कोइरालाको इजलासले पूर्पक्षमा थुनामा रहेका राईलाई जन्मकैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । मादक पदार्थ…

०७३ भदौ ९ गते  
बलात्कार गरेको ठहर गर्दै १० वर्षकैदको फैसला

३५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका त्रियुगा नपा-५ वेहेडवाका ३५ वर्षीय शुभकरण चौधरीलाई जिल्ला अदालतले भदौ ८ गते १० वर्षकैद र १० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले चौधरीलाई कैदसँगै पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो । पीडित…

०७३ भदौ ८ गते  
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको आरोपमा तारिखमा छुटेका चिसापानी गाविस-५ का २८ वर्षीय दुर्गाप्रसाद भट्टराईलाई जिल्ला अदालतले एक वर्षकैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले भदौ ८ गते विवाहवारी महलको नौ नम्बर अनुसार कसुर ठहर गर्दै सोही महलको दश नम्बर बमोजिम उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार…

०७३ भदौ ८ गते  
बजेटको कमी छैन, संस्कारको कमी छः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मधेसको विकासको लागि बजेटको कमी नभएर संस्कारको कमी भएको बताएका छन् । सिरहाको भलुवाहीमा भदौ ८ गते इन्सेकको साझेदार संस्था नेपाल अपाङ्ग समाजद्वारा आयोजित छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले मधेसको विकासका लागि मात्रै सरकारले ३२ अर्व रुपियाँ विनियोजन गरेको बताए । 'नागरिकलाई सही…

०७३ भदौ ८ गते  
इन्सेक अध्यक्षद्वारा सांसदलाई जिम्मेवार बनाउनु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले चुनावबाट निर्वाचित सांसदलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका छन् । सप्तरीको रायपुर गाविसमा भदौ ७ गते इन्सेकको साझेदार संस्था दलित सेवा समाजद्वारा आयोजित समुदायका नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले उक्त कुरामा जोड दिएका हुन् । उनले भने-'जबसम्म राज्य मेरो हो भनेर…

०७३ भदौ ७ गते