गर्भवतीको मृत्युपछि अस्पताल तनावग्रस्त
प्रसव पिडाले छटपटिएर विष्णुपुर गाउँपालिका-१ प्रि्राहीकी २४ वर्षीया अनिता यादवको मृत्यु भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल फागुन १७ गते बिहानैदेखि तनावग्रस्त बनेको छ । बिरामीका आफन्त र गाउँलेले चिकित्सकको लापरबाहीले यादवको मृत्यु भएकाले कारबाहीको माग गर्दै नाराजुलुस गर्दै टायर बालेर विरोध प्रदर्शन गरेपछि तनावग्रस्त बनेको अस्पतालको सेवा प्रभावित…
जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा पुजारीविरुद्ध उजुरी
पुनर्वास नपा-६ का टेकबहादुर बिक र पुर्ण बहादुर बिकलाई पुनर्वास नपा-६ स्थित सय नम्बर चोक मा रहेको मन्दिरमा शिवरात्रीको दिन मन्दिरका पुजारीले जातीय विभेद गरेको आरोपमा फागुन १५ गते इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा पुजारीविरूद्ध उजुरी दर्ता गरिएको छ । मन्दिरका पुजारी बलराम भट्टराई र पुजारीका सहयोगी श्रीकृष्ण नेपालले दलित समुदायका…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सोरु गाँउपालिका-२ का २८ वर्षीय हिक्मत शाही र उक्त घटना गाउँघरमा मिलाउन खोजेको भन्दै सोही ठाउँका अन्य ६ जना विरूद्ध पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडितलाई आरोपितले माघ १५ गते राति बलात्कार गरेको पीडित पक्षले आरोप छ…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवि गाउँपालिका-५ बलुहवाका ३० वर्षीय रामविरूद्ध पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा दिएको छ । पीडित बालिकालाई आरोपितले फागुन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि फरार रहेका आरोपितको खोजी कार्य सुरू गरिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डिएसपी जनक कार्कीले…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नपाका-६ का ७५ वर्षीय रामवरण यादवलाई फागुन १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनक कार्कीले बताए । पीडित बालिकाको…
सिरियामा हिंसा एवम् आक्रमण तत्काल रोक्न अपिल
सिरियामा सत्ता हानथापका क्रममा भइरहेका आक्रमणबाट लाखौँ सर्वसाधारण सिरियाली नागरिकहरू माथि पुर्याएको अकल्पनीय क्षतिप्रति जबाफदेहीता निगरानी समितिले घोर निन्दा तथा भत्सर्ना गरेको छ । सिरियामा देशमा भइरहेका मानवीय एवम् भौतिक क्षति तत्काल रोक्न र संयुक्त राष्ट्रसङ्घले पारित गरेको युद्घ विराम लागु गर्न सिरियाका सत्तापक्ष र विपक्षी समूहहरूका साथै संयुक्त राष्ट्रसङ्घसँग…
नेपालगञ्जमा मानव अधिकार रक्षकका चुनौती विषयक छलफल
मानव अधिकार रक्षकका चुनौती विषयक छलफल कार्यक्रम फागुन १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । इन्सेक, मानव अधिकार आयोग, युरोपियन युनियन कार्य समूह, कोक्याप, निलहिरा समाज, फ्रेन्च राजदुतावासलगायतको टोलीले मानव अधिकार रक्षकसँग छलफल गरेको हो । छलफलका क्रममा अधिकार, कर्तव्य र प्रक्रियाका विषयमा मानव अधिकार रक्षकहरूको समान बुझाइ हुनुपर्ने राष्ट्रिय…
मानव अधिकार रक्षकहरूको अवस्था बारे छलफल
बर्दियाको गुलरियामा फागुन १५ गते मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूले भोगिरहेको समस्या बारेमा छलफल भएको इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीले जनाएका छन् । इन्सेक, मानव अधिकार आयोग, कोक्याप, निलहिरा समाज नेपाल, फ्रेञ्च राजदुतावास लगायतको संयुक्त टोलीले बर्दिया जिल्लाका मानव अधिकार रक्षकहरूसँग छलफल गरेको हो । कार्यक्रममा सहभागीहरूले…
कथित बोक्सीको आरोपमा दम्पतिमाथि कुटपिट
यमुनामाई गाउँपालिका-५ की ५० वर्षीया कान्तीदेवी ठाकुर हजाम र ५५ वर्षीय पति रामस्वरुप ठाकुर हजामलाई सोही ठाउँका ४४ वर्षीय धर्मेन्द्र राय यादव, ३६ वर्षीय सुनिल राय यादव र ३२ वर्षीय मुकेस राय यादवले फागुन १३ गते कथित बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ । यादव…
वडा कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड
तातोपानी गाउँपालिका-५ स्थित वडा कार्यालयमा अज्ञात समूहले फागुन १४ गते राति तोडफोड गरेको छ । तोडफोडबाट कार्यालयका ल्यापटप कम्प्यूटर एक थान, ल्यापटपको चार्जर एक थान, मल्टिपलक एक थान, क्याल्कुलेटर एक थान र रजिष्टर पाँच थान चोरी भएको वडा सचिव एकराज चौलागाईले बताए । उनले भने-'कार्यालय तोडफोड गर्नेले किला ठोक्ने हम्बरले…