बहुविवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी, मिलापत्र गराउने प्रयास
हगाम गाविस-९ याङ्लाकोटकी २३ वर्षीया माइली तामाङले प्रहरी समक्ष २६ वर्षीय पति जगमान तामाङ र पर्सा जिल्ला ठोरी निर्मलवस्ती घर भएकी १९ वर्षीया सोङमायाँ तामाङविरुद्ध उजुरी परेपनि मिलापत्र गराउने प्रयास भइरहेको आरोप छ । पीडित महिलाले १ लाख रुपियाँ पीडितलाई दिएर मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गराउने प्रयास…
विषयगत शिक्षकको अभावमा बहिरा कक्षा सञ्चालनमा समस्या
कर्णाली उच्च मावि अनामनगर जुम्लामा सञ्चालित विशेष शिक्षा अन्तर्गत बहिरा कक्षा सञ्चालनमा समस्या भएको छ । बहिरा कक्षा प्रभावकारी रूपमा सञ्चालनका लागि विषयगत र तालिम प्राप्त शिक्षकको अभाव भएपछि समस्या भएको हो । विद्यालयद्वारा कात्तिक ३० गते आयोजित विशेष शिक्षा प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सहभागी सरोकारवालाहरूले उक्त समस्या बताएका हुन् ।…
मुगुका २ सय ४९ बालबालिकामा कडा कुपोषण
यस वर्षको साउनदेखि असोज महिनासम्म जिल्लाका २४ गाविसका १ हजार ३ सय ११ बालबालिका मध्ये २ सय ४९ बालबालिकामा कडा कुपोषण देखिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम मुगुले जनाएको छ । रातापानी प्राथमिक स्वास्थ्य केन्द्र, खनाय, नाथर्पु, माँग्री, श्रीकोट, काँलै स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमको…
दृष्टिविहीन बालबालिकालाई छुट्टै कक्षा कोठा नहुँदा अध्ययन गर्न समस्या
शिवजन माध्यमिक विद्यालय सितलपाटीमा अध्ययनरत दृष्टिविहीन बालिबालिकाहरूका लागि छुट्टै कक्षा कोठा नहुँदा पठनपाठनमा समस्या भएको दृष्टिविहीन बालबालिकाहरूले गुनासो गरेका छन् । दृष्टिविहीन विद्यार्थी र अन्य विद्यार्थीलाई एउटै कक्षाकोठामा राखी पढाउँदा दृष्टिविहीन बालबालिकालाई पढन समस्या भएको हो । 'सरहरूले सपाङ्ग विद्यार्थी सरह हामीलाई पनि एउटै कोठामा बसालेर पढाउँदा समस्या भएको छ…
यातना क्षतिपूर्तिको माग गर्दै प्रहरीविरूद्ध अदालतमा मुद्दा दायर
प्रहरीले हिरासतमा शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाउँलदै खजुराखुर्द गाविस-१ का ३३ वर्षीय बिजुलीप्रसाद महाउतले क्षतिपूर्तिको माग गर्दै बाँके जिल्ला अदालतमा कात्तिक ३० गते मुद्दा दायर गरेका छन् । इलाका प्रहरी कार्यालय खजुराखुर्दका सई शरण भण्डारी र प्रहरी जवान अनिलकुमार विकलाई विपक्षी बनाई यातनाको कारणले पुग्न गएको क्षति र…
कुपोषणका कारण बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा प्रधानमन्त्रीको चासो
कुपोषणबाट मृत्यु भएकी सिप्खाना गाविस-४ की १४ महिने सुशीला योगीको मृत्यु भएको घटनाका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले कात्तिक ३० गते स्वास्थ्यमन्त्रीसमक्ष चासो राखेका छन् । पीडित बालिकाको कात्तिक २६ गते कुपोषणबाट मृत्यु भएको उनका घरपरिवारले बताएको समाचार सञ्चारमाध्यामहरूमा आएपछि प्रधानमन्त्रीले चासो राखेका हुन् । आवश्यक मात्रामा पौष्टिक आहार नपाएपछि कुपोषण…
नगरपालिकाको ढिलासुस्तीका कारण सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ
सामाजिक सुरक्षा भत्ता समयमा नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । भेरीमालिका नपा-४ का ७२ वर्षीय बेदबहादुर शाही सामाजिक सुरक्षा भत्ता लिन पटकपटक नगरपालिका धाउँदापनि नपाएको गुनासो गरेका हुन । चार महिनादेखि ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता नपाउँदा दैनिक जीवनयापनमा समस्या परेको बेदबहादुरले गुनासो गरे । 'भत्ता आयो कि…
सुनकुमारीको भैरहवामा नै अन्त्येष्टी, छोरीको लालनपालन सरकारले गर्ने
पतिको कुटाइबाट गम्भीर घाइते भएकी रोल्पा थवाङकी ३८ वर्षीया सुनकुमारी नेपालीको उपचारका क्रममा मृत्यु भएपछि भैरहवामा नै कात्तिक ३० गते अन्त्येष्टी गरिएको छ । उपचारकै क्रममा रुपन्देहीस्थित भैरहवा मेडिकल कलेजमा कात्तिक २७ गते उनको मृत्यु भएको थियो । पीडित महिलाको टाउको, गिजा तथा दाँतमा गम्भीर चोट तथा शरीरभरि निलडाम भएकी…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख सर्वोच्चमा हाजिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सर्वोच्च अदालतमा हाजिर भएका छन् । अदालतमा उपस्थित हुन कार्कीको नाममा अदालतले आदेश जारी गरेपनि त्यसको अवज्ञा गर्दै आएका उनी कात्तिक ३० गते सर्वोच्च अदालतमा हाजिर भई लिखित जवाफ पेश गरेका हुन् । निलम्बित कार्कीले म्याद तामेलीका क्रममा विभिन्न बाहाना बनाई…
माओवादीका बहिर्गमित लडाकुद्वारा माओवादी केन्द्रको कार्यालयमा धर्ना
बहिर्गमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादीका पूर्व लडाकुहरूले कात्तिक ३० गते पेरिसडाँडास्थित एकीकृत नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएका छन् । सात बुँदे माग राखी कात्तिक २२ गतेदेखि काठमाडौँ केन्द्रीत आन्दोलन गर्दै आएका पूर्व लडाकुहरूले उठाएका माग सम्बोधनका लागि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पार्टीको ध्यानाकर्षण गराउन धर्ना दिइएको…