कथित बोक्सीको आरोपमा महिला कुटिइन्

कथित बोक्सीको अरोपमा राजपुर गाउँपालिका-७ की ३५ वर्षीया सुशीला कवरलाई छिमेकीहरूले फागुन १८ गते साँझ कुटपिट गरेका छन् । स्थानीय इन्द्रबहादुर भण्डारीको नेतृत्वमा गएका पूर्णबहादुर बस्नेत, खोपबहादुर नेपाली, धनबहादुर कवर, लक्ष्मी कवर, हर्कबहादुर कवर र मनोज कवरले कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् । पीडित पक्षले इलाका प्रहरी कार्यालय गढवामा…

आन्दोलनको समाचार सम्प्रेषण नगरेको आरोपमा पत्रकारमाथि दुर्व्यवहार

डोल्पाको सदरमुकाम दुनैमा आन्दोलनकारीहरूले जिल्लामा रहेका पत्रकारहरूमाथि आक्रमण गरेका छन् । ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरूले जिल्लामा क्रियाशील पत्रकारहरूमाथि फागुन १९ गते दिउँसो आक्रमण गरेका हुन् । आन्दोलनको प्रचारप्रसार नगरेको र नगरप्रमुख गणेशबहादुर शाहीसँग मिलेको आरोपमा पत्रकारहरूमाथि आक्रमण गरेको जनाइएको छ । आन्दोलनकारीको आक्रमणबाट नेपाल…

बलात्कारपछि हत्या गरेको घटनाका आरोपित गिरफ्तार

पुर्चौडी नपा-१ की १६ वर्षीया डम्मरा भट्टलाई बलात्कारपछि हत्या गरेको आरोपमा पुर्चौडी नपा-१ हाटका २६ वर्षीय उमेश जोशीलाई फागुन १८ गते जिल्ला प्रहरी कार्यालयको एक टोलीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई बलात्कार गरेर हत्या गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका  आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय…

होलीमा सुविधा नदिएको भन्दै कारागारका बन्दीहरू आन्दोलित

सरकारले कारागारमा रहेका बन्दीहरूलाई फागुपर्व (होली) मनाउन सुविधा नदिएको भन्दै गौर कारागारका बन्दीहरूले फागुन १८ गते साँझदेखि कारागार भित्रै आन्दोलन गरेका छन् । विगतका वर्षहरूमा सरकारको तर्फबाट बन्दीहरूका लागि छुट्टै बजेटको व्यवस्था गरिएकामा यस वर्षको होलीमा कुनै रकम नदिएकाले आन्दोलन गरेको बन्दीहरूले बताएका छन् । बन्दीहरूले कारागारको मुलद्वारमा बसेर नारा…

कैदीबन्दीको चाप बढेपछि पालो लगाएर सुत्नुपर्ने बाध्यता

जिल्ला कारागार सल्यानमा अहिले कैदिबन्दीहरूको चाप बढदै गएपछि पालो लगाएर सुत्नु पर्ने बाध्यता रहेको कैदीबन्दीले बताएका छन् । कारागारमा अहिले क्षमता भन्दा चार गुना बढी कैदीबन्दी भएपछि यस्तो समस्या आएको हो । 'हामीहरू अहिले धेरै छौँ । त्यसैले राति सुत्न पनि पाइँदैन'-७० वर्षीय कैदी लालबहादुर बुढाथोकीले भने-'पलो लगाएर सुत्नु पर्छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थीति भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठराई गाउँपालिका-४ ईवाका चारजनालाई प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपमा ७२ वर्षीय महनहि कन्दङवा, ४१ वर्षीय छबिलाल लामगादे, ४५ वर्षीय दिलबहादुर भुसाल र ४६ वर्षीय योगेन्द्र भुजेललाई गिरफ्तार गरिएको इलाका प्रहरी चौकी सक्रान्तिले जनाएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-४ का २५ वर्षीय अर्जुन बिक र सोही ठाउँका २० वर्षीय राजेश सुनारलाई फागुन १६ गते राति गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले फागुन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो । घटनाका अर्का आरोपित…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा-१२ का २४ वर्षीय विजयकुमार महतो कोइरीविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा पीडित पक्षले फागुन १७ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले फागुन ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कारबाहीको माग गर्दै उजुरी दिएको जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला…

अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते

अज्ञात समूहले फागुन १५ गते राति प्रहार गरेको गोली लागेर बीरगञ्जमा बिन्दवासिनी गाउँपालिकाको झौवागुठीका ३५ वर्षीय उमेश चौरसिया घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अगाडि रहेको पुरानो यातायात संस्थानको रातो बङ्गलाको पछाडिपट्टि चौरसियालाई 'प्यासन प्रो' बाइकमा आएका अज्ञात समूहले गोली प्रहार गरेको हो । चौरसियाको पेटमा गोली लागेको प्रहरीले…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

ग्रामथान गाउँपालिका-३ का ३७ वर्षीय हरेराम राजवंशी र कटहरी गाउँपालिका-२ की २२ वर्षीया सजनी राजवंशीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको हो । २५ वर्षीया पवित्रा चौधरीले आरोपितद्वयविरूद्ध फागुन १५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार…