आचारसंहिता विपरित कार्य गरेको आरोपमा मन्त्री स्थानीयको नियन्त्रणमा
स्थानीय तहको मतदान सुरु हुनु भन्दा ४८ घण्टा पहिलेदेखि सुरु भएको मौन समयमा पनि निर्वाचनको प्रचार प्रसार गरेको आरोपमा वाणिज्य मन्त्री रोमी गौचन थकाली सहित नेपाली काङ्ग्रेसका कार्यकर्तालाई मुस्ताङको छुसाङमा स्थानीयले नियन्त्रणमा लिएको बताईएको छ । स्थानीय तहको निर्वाचनमा मतदातालाई पैसा बाँडेको आरोपमा वाणिज्य मन्त्री सहितको टोलीलाई वैशाख २९ गते…
मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्वको तयारी सम्बन्धमा अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले स्थानीय तह निर्वाचनको पूर्व तयारीको सन्दर्भमा वैशाख ३० गते रुकुमका विभिन्न ठाउँको अनुगमन गरेको छ । आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका अधिकृत टङ्क खनालको नेतृत्वमा रहेको टोलीले सुरक्षाको आधारमा सम्वेदनशील मानिएका सानोभेरी गाउँपालिका र मुसिकोट नगरपालिकाका पाँच ओटा मतदान स्थलको अनुगमन गरेको हो ।…
८७ वटै मतदान केन्द्र अति सम्वेदनशील
जिल्लाका ८७ वटै मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहको निर्वाचनमा एक नगरपालिका र सात वटा गाउँपालिका भित्र रहेका ८७ वटै मतदान केन्द्रमा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । स्थानीय तहको चुनावको विरोध गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचन…
नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता गिरफ्तार
स्थानीय निर्वाचनको विरोध तथा बहिष्कार गर्न भन्दै विभिन्न गतिविधिमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकतालाई वडा प्रहरी कार्यालय चन्द्रौटाले वैशाख २९ गते गिरफ्तार गरेको छ । सो पार्टीद्वारा आह्वान गरिएको वैशाख ३० र ३१ गते गरेको र सोही सिलसिलामा चुनाव विरोधी गतिविधि गरेको एरिया इञ्चार्ज खुमानसिंह…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदान केन्द्रका सामग्री कब्जा गरेको आरोप
छायाँनाथ रारा नपा-१२ स्थित शोभागाउँको मतदान केन्द्रका सम्पूर्ण मतदान सामग्री नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख ३० गते कब्जा गरेको स्थानीयले आरोप लगाएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला स्तरीय नेता सुरजीत साउदको नेतृत्वमा करिब १ सय जनाको समूहमा गएका कार्यकर्ताले बिहान १० बजे उक्त सामग्री कब्जा गरेको…
नुवाकोटमा सिलिण्डर बम विस्फोट
स्थानीय तहको निर्वाचनको समय नजिकिँदै गर्दा मतदातालाई आतङ्कित पार्न नुवाकोटको लिखु गाउँपालिकामा सिलिण्डर बम विस्फोट गराइएको छ । लिखु गाउँपालिका-१ ढिकुरेमा वैशाख ३० गते बिहान १ बजेतिर सिलिण्डर बम विस्फोट गराइएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहोराले बताए । विस्फोटबाट कुनै मानवीय क्षति नभएको र सो विष्फोट कसले गरेको हो…
काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, एमाले कार्यकर्ता अपहरणमा
तामाकोशी गाउँपालिका-६ च्यामामा चुनाव चिन्हका बारेमा मतदातालाई सिकाउँदै हिड्ने क्रममा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच वैशाख २९ गते साँझ झडप भएको छ । च्यामा पोखरेस्थित काङ्ग्रेस कार्यकर्ता पवनराज खड्काको घर नजिक झडप हुँदा काङ्ग्रेसका कार्यकर्ताले सोही गाउँपालिकाका एमाले उपाध्यक्षका उम्मेदवार उर्मिला केसीका पति शान्त केसीलाई अपहरण गरी लुकाएकोमा वैशाख ३० गते…
विभिन्न ठाउँमा बम विष्फोट, मतदाता त्रसित
खाँडाचक्र नगरपालिका र पलाता गाउपालिकालगायत विभिन्न ठाउँमा वैशाख ३० गते बिहान बम विष्फोटन भएपछि यहाका स्थानीय मतदाताहरू त्रसित भएका छन् । बिहान १ बजेको समयमा पलता गाउँपालिका थिर्पू धौलागोहलगायतका स्थानमा विष्फोट भएको सोही गाउँपालिका काङ्ग्रेसका अध्यक्ष उम्मेदवार केशरसिंह बमले वताए । उनले बिहानको समयमा बम विष्फोट गरेपछि स्थानीयबासी त्रसित भएको…
दुई ओटा सवारी साधनमा आगजनी
अज्ञात समूहले वैशाख ३० गते बिहान तनहुँका छुट्टाछुट्टै स्थानमा दुई ओटा सवारी साधनमा आगजनी गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनको विरोध स्वरूप आह्वान गरेको नेपाल बन्दको क्रममा वैशाख ३० गते बिहान पृथ्वी राजमार्गको बन्दीपुर गाउँपालिका-१ स्थित बेलभञ्ज्याङमा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना…
दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै विरोध प्रदर्शन
राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभए स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने भन्दै वैशाख २९ गते राजविराजमा विरोध र्याली तथा सभा गरेको छ । राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्याली नगर परिक्रमा पश्चात सहिद दशन चोकमा पुगी सभामा परिणत भएको थियो । आगामी वैशाख ३१ गते हुने…