बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको ठहर गर्दै चादे करन्जी गाविस-२ का २६ वर्षीय  सन्दिप खडकालाई जिल्ला अदालत सल्यानले माघ २५ गते ११ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश माधबेन्द्रराज रेग्मीको इजलासले मुलुकी ऐनको जबरजस्ती करणी महलको दफा १ अनुसार बलात्कारको कसुर ठहर गरी जबरजस्ती…

०७३ माघ २६ गते  
बाजुरामा दलित आयोग विधेयकमाथि सुझाव सङ्कलन

व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले तयार पारेको राष्ट्रिय दलित आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७३ बारे बाजुरामा पुगेको एक टोलीले  सुझाव सङ्कलन गरेको छ । व्यवस्थापिका संसदका ६ जना सांसदको सहभागिता रहकेा टोलीले माघ २५ गते सदरमुकाम मार्तडीमा स्थानीय स्तरमा कार्यरत राजनीतिक दल र अन्य सरोकारवालासँग सुझाव…

०७३ माघ २६ गते  
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले आरोपमा धनबाङ्ग गाविस-८ का ७४ वर्षीय जीवलाल बोहरालाई माघ २४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी श्यामबहादुर खत्रीले बताए । पीडित बालिकालाई आरोपितले माघ ७ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित…

०७३ माघ २५ गते  
बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला

बरबोटे-४ की ४५ वर्षीया टीकामाया परियारलाई बलात्कार गरी हत्या गरेको कसुरमा बरबोटे-४ का २७ वर्षीय हरि भन्ने हिमाल गुरुङलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले माघ २५ गते गुरुङविरुद्ध चलेका 'जबरजस्तीकरणी र  कर्तव्य ज्यान'सम्बन्धी मुद्दामाथि सुनुवाइ गर्दै जबरजस्तीकरणी महलको ३ (५) बमोजिम सात वर्ष कैद…

०७३ माघ २५ गते  
कानुन व्यवसायीद्वारा अदालतको कामकाज ठप्प

जिल्ला जिल्ला अदालतमा कानुन व्यवसायीले माघ ११ गतेदेखि गरेको आन्दोलनका कार्यक्रमले अदालतको कामकाज ठप्प पारेका छन् । न्यायपरिषदद्वारा गत पुस २८ गते उच्च अदालतका न्यायाधीशहरूको प्रकृया नपुर्‍याइ नियुक्ति गरेको आरोप लगाउँदै त्यसैको विरोध स्वरूप अदालती कामकाज ठप्प पारेका हुन् । उच्च अदालतका न्यायाधीश नियुक्त गर्दा समावेशी र समानुपातिक सिद्धान्त अनुसार…

०७३ माघ २५ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नारायण नपा-४ का २३ वर्षीय चन्दु कटुवाललाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०७३ वैशाख १३ गते कब्जामा लिएर यौन दुर्व्यवहार गरेको मुद्दा दैलेख जिल्ला अदालतमा चलिरहेको छ । आरोपित फरार रहेकोले कात्तिक १० गते अदालतमा मुद्दा पुर्‍याएको जिल्ला…

०७३ माघ २५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माघ २४ गते लालीगुराँस नपा-९ का  ३२ वर्षीय डम्बर खड्कालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भागेन्द्रपुरुष ढकालले बताए । पीडित महिलालाई आरोपितले माघ २३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित महिलाको…

०७३ माघ २५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले दार्माकोट गाविस ८-का ४१ वर्षीय पहलबहादुर वलीलाई माघ २४ गते गिरफ्तार गरेको छ ।   पीडित महिलालाई २३ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २४ गते प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी…

०७३ माघ २५ गते  
छात्रामैत्री शौचालय नहुँदा छात्राहरु महिनाको चार/पाँच दिन अनुपस्थित

बाजुराको त्रिशक्ति उच्च माविमा शौचालय व्यवस्थित नहुँदा र छाउपडी कूप्रथाका कारण महिनावारीको समयमा छात्राहरू हरेक महिना चार/पाँच दिन गयल हुने गरेका छन् । महिनावारी भएको समयमा विद्यालयमा प्याड व्यवस्थापन र शौचालयमा पानीको व्यवस्था नहुँदा गहल हुनुपर्ने बाध्यता रहेको त्रिशक्ति उच्च मावि कक्षा दशमा अध्ययनरत छात्रा माया रावलले बताइन् । 'महिनावारी…

०७३ माघ २५ गते  
क्याम्पसमा एक सातादेखि तालाबन्दी, विद्यार्थीको पठनपाठन प्रभावित

गोकुलेश्वर बहुमूखी क्याम्पस गोकुलेश्वरमा एक सातादेखि लगाइएको तालाबन्दीका कारण क्याम्पसको पठनपाठन प्रभावित भएको छ । शिक्षक भर्ना, विद्यालयको विधि विधान, आर्थिक अनियमितता लगायतका विषय उठाउँदै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले माघ १८ गतेबाट क्याम्पसमा तालाबन्दी गरेका हुन् । क्याम्पसमा विद्यार्थीले लगाएको ताला माघ २३ गते राति तोडिएको छ भने क्याम्पसले लगाएको ताला…

०७३ माघ २५ गते