औषधि खरिद गर्न रकम अपुग हुँदा औषधिको अभाव

जिल्ला जनस्वास्थ्य कार्यालय ओखलढुङ्गामा आवश्यक औषधि खरिद गर्न रकम अभाव भएको जनाएको छ । रकम अभाव भएपछि स्वास्थ्य संस्थामा २५ किसिमका औषधि अभाव भएको पनि कार्यालयले जनाएको छ ।  जिल्लामा वार्षिक १ करोड १५ लाख रुपियाँको औषधि आवश्यक पर्ने भए पनि ४५ लाख रुपियाँ मात्रै औषधि खरिदका लागि निकासा भएको…

०७३ माघ २६ गते  
बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालतले सैघा-१ का २१ वर्षीय महेन्द्र थापालाई पाँच वर्ष कैद गर्ने फैसला गरेको छ ।   न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले माघ २६ गते अभियोगमा दोषी ठहर गर्दै थापालाई पाँच वर्ष कैद तथा पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला…

०७३ माघ २६ गते  
तीन वर्षीय छोराको हत्या पछि आमाद्वारा आत्महत्या

धारापानी गाविस-९ की ३२ वर्षीया सुन्तली नेपालीले तीन वर्षीय छोरा गौतम नेपालीको माघ २२ गते घर नजिकैको जङ्गलमा ढुङ्गाले थिचेर हत्या गरी आफूले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बालक गौतम माघ २२ गतेदेखि हराएपछि स्थानीबासीले खोजखबर गर्दै जाँदा घर नजिकै जङ्गलमा हत्या गरी ढुङ्गाले च्यापेको अवस्थामा माघ २५…

०७३ माघ २६ गते  
बलात्कार गरेको अभियोगमा जन्मकैदको फैसला

६८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धिथुम्का-८ का ४८ वर्षीय भगवान लिम्बूलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले हाडनाता करणी र जबरजस्ती करणीअर्न्तगत माघ २६ गते उक्त सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । पीडित ज्येष्ठ नागरिक भएको र…

०७३ माघ २६ गते  
राष्ट्रिय मानव अधिकार आयोगद्वारा नागरिकलाई दिइने सेवाको प्रभावकारिताबारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले ओखलढुङ्गा र खोटाङमा नागरिकलाई दिइने सेवाको प्रभावकारिताबारे अनुगमन गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराई र उप निर्देशक टिकाराम भट्टराईसहितको टोलीले अनुगमन गरेको हो । टोलीले हवाइ सेवाको अवस्था, औषधि तथा स्वास्थ्य सेवा र भूकम्प पीडितले प्राप्त गर्नु पर्ने सेवा प्रवाहको अवस्थाका बारेमा माघ २२…

०७३ माघ २६ गते  
'स्यालुट' नगरेको आरोपमा डिएसपीबाट प्रहरी हवल्दार कुटिएको आरोप

दाङ जिल्ला सौडियार गाविस-२ घर भई जिल्ला ट्राफिक कार्यालय प्यूठानमा कार्यरत ३३ वर्षीय प्रहरी हवल्दार त्रिचन्द्रबहादुर डिसीलाई 'स्यालुट' नगरेको आरोपमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी रञ्जितसिंह राठौरले माघ २५ गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । स्यालुट नगरेको आरोपमा डिएसपीले सोही दिन साँझ आफूलाई इलाका प्रहरी कार्यालय बिजुवारमा…

०७३ माघ २६ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  चुलाचुली गाविस- ७ का ५६ वर्षीय कर्याकुरूक भनिने लाभे राईलाई जिल्ला अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले माघ २६ गते राईको मुद्दामाथि सुनुवाइ गर्दै मलुकी ऐन जबरजस्तीकरणी महलको १, ५ नम्बर अनुसार…

०७३ माघ २६ गते  
बालबालिकाले नै रोके बालविवाह

कक्षा १० मा अध्ययनरत मल्हनियाँ गाविस-४ की १५ वर्षीया सन्तोषीकुमारी दासको विवाह सोही गाविसका बालबालिकाहरूले माघ २५ गते रोकेका छन् । बालिकाको असहमतिमा उनको परिवारले भारत मधुबनीको लौकही प्रि्राहीका २५ वर्षीय युवासँग फागुन ११ गतेका लागि माघ २० गते विवाहको टुङ्गो लगाएका थिए । विश्वास बाल क्लब मल्हनियाका पदाधिकारीहरूले क्लबकी…

०७३ माघ २६ गते  
कुपोषणबाट एक बालिकाको मृत्यू

कुपोषणका कारण चौखाम-९ का मुना धामीकी पाँच वर्षीया छोरी विना धामीको मृत्यू भएको छ । । पाँच किलोमात्रै तौल भएकी विनाको समयमै उपचार नहुँदा माघ २४ गते मृत्यु भएको पीडितका आफन्त जनकसिंह धामीले बताए । जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको थियो । डडेल्धुराले…

०७३ माघ २६ गते  
फुपूको हत्या गरेको आरोपमा भदो गिरफ्तार

वागचौर नपा-३ की ६० वर्षीया फुपू टिकी वलीलाई लाठीले हिर्काएर हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय भदो भाइ दिपक भण्डारीलाई माघ २५ गते गिरफ्तार गरेको छ । घरमा रहेकी फुपूलाई माघ २५ गते लाठीले हिर्काइ हत्या गरी घरबाट करिब ३० मिटर टाढा खोल्सामा रूखका पातहरूले छोपेको अवस्थामा शव…

०७३ माघ २६ गते