बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालिगुराँस नपा-२ का ४४ वर्षीय सुर्यबहादुर सार्कीलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका इन्स्पेक्टर बासुदेव यादवका अनुसार आरोपितले पीडित बालिकालाई पटकपटक बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पीडित पक्षले दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको हो । पीडित…
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला
अपाङ्गता भएकी ४५ वर्षीया एक महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले कानेपोखरी गाउँपालिका-७ स्थित बयरवनका २५ वर्षीय राम गुरुङलाई १० वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको इजलासले जेठ १ गते कैदको फैसलासँगै आरोपितबाट ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज…
विवादित चाँगुनारायणमा पुनः मतदान हुने
स्थानीय तह निर्वाचन-२०७४ अन्तर्गत भक्तपुरको तीन नगरपालिकामा मतगणना जारी रहेको छ भने विवादित चाँगुनारायण नगरपालिकामा पुनः मतदान हुने भएको छ । चाँगुनारायण नगरपालिका-६ नं वडा कार्यालय मतदान केन्द्रमा निर्वाचन आयोगले पुनः मतदान गर्ने भएको हो । मतदानका क्रममा नेपाल मजदूर किसान पार्टीको चुनाव चिन्ह 'मादल' नभएको मतपत्र वितरण गरी २२…
दोलखा घटनाका घाइतेहरूको उपचार शिक्षण अस्पतलमा हुँदै
दोलखाको गौरिशङ्कर गाउँपालिका-२ जुँगुमा वैशाख २६ गते नेकपा माओवादी केन्द्रका कार्यकर्ताको कुटपिटबाट घाइते भएका निलकण्ठेश्वर उच्चमाविका शिक्षक दिलबहादुर बुढाथोकीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पीडित बुढाथोकीको टाउको र शरीरका विभिन्न भागमा चोट छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । त्यस्तै दोलखा जिल्ला मेलुङ…
पत्रकारमाथि हातपात
सिन्धुलीको दुधौलीबाट सञ्चालनमा आएको अनलाइन दुधौली खबरका पत्रकार २१ वर्षीय रविन्द्र भट्टराईलाई मतगणना स्थलमा भएको विवादको भिडियो खिचेको भन्दै जेठ १ गते दिउँसो वाइसिएल कार्यकर्ताले कुटपिट गरेका छन् । कुटपीटका कारण रविन्द्र भट्टराईको घाँटीमा चोट लागेको छ । दुधौली-९ घर भएका भट्टराईलाई वाइसिएलका कार्यकर्ता विन्दा अधिकारीको नेतृत्वमा रहेको समूहले हातपात…
मतगणना स्थलको सङ्ख्या थप्न इन्सेकको अनुरोध
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मतगणनास्थल सङ्ख्या थप्न निर्वाचन अयोगसमक्ष अनुरोध गरेको छ । निर्वाचन पर्यवेक्षण टोलीले जेठ १ गते काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका साथै विभिन्न नगरपालिकाको मतगणनास्थलको अनुगमन गरेपछि इन्सेकले यस्तो अनुरोध गरेको हो । ‘ठूलो सङ्ख्यामा मत खसेको यी महानगरलगायत देशका अन्य जिल्लामा जारी रहेको मतगणना प्रकृया…
राजनीतिक दलको घोषणा पत्रमा खाद्य अधिकारको सवाल उठाउन सञ्जालको माग
जिल्ला खाद्य अधिकार सञ्जाल दार्चुलाले स्थानीय तह निर्वाचनमा खाद्य अधिकारको सवाल उठाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । राजनीतिक दलले जारी गर्ने घोषणा पत्र र प्रतिबद्धतामा खाद्य अधिकारलाई उठाउन खाद्य अधिकार सञ्जालले जेठ १ गते आग्रह गरेको हो । २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा गरिब तथा खाद्य अधिकारबाट…
अपहरणमा परेका भनिएका उम्मेदवार परिवारको सम्पर्कमा
अपहरणमा परेका भनिएका राप्ती नगरपालिका-९ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल वैशाख ३१ गते राति परिवारको सम्पर्कमा आएका छन् । वैशाख ३१ गते बिहानैदेखि रिमाल सम्पर्क विहीन भएका थिए । ल्लिा प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाले दिएको जानकारी अनुसार राति नै उनी परिवारको सम्पर्कमा आएका हुन्…
मतदानमा उल्लेखनीय सहभागिताःनागरिक अभियान (प्रतिवेदन र फोटोसहित)
स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएपछि सोही दिन स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले संक्षिप्त प्रतिवेदन आयोगमा बुझाएको छ । सो अभियान अन्तर्गत करिब १ हजार २ सय जना निर्वाचन पर्यवेक्षकले ३४ जिल्लाका करिब २ हजार मतदान केन्द्र तथा मतदानस्थलको पर्यवेक्षण गरेको प्रतिवेदनमा जनजाइएको छ । 'यस…
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी
राजापुर नपा-१० स्थित वडा कार्यालयमा वैशाख ३० गते राति अज्ञात समूहद्वारा आगजनी गरेको राजापुर नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाको १० नम्बर वडा कार्यालय खैरीचन्दनपुरमा मोटरसाइकलमा आएका अज्ञात समूहले रातिको समयमा आगजनी गरेको राजापुर नगरपालिकाले जनाएको हो । आगजनीबाट कार्यालयको प्रशासन फाँटमा रहेका कागजपत्र जलेको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी…