नगरप्रमुख चौधरीमाथि आक्रमण गरेको आरोपमा तीन जना गिरफ्तार

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले फागुन २९ गते तीन जनालाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सागर बोहराले गिरफ्तार भएकाहरूको संलग्नता बारेमा अनुसन्धान भइरहेका कारण उनीहरूको विवरण खुलाउन नमिल्ने बताए । नगर प्रमुख चौधरीमाथि फागनु २८ गते साँझ तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले…

उद्योगीमाथि गोली प्रहार, आरोपित गिरफ्तार

सिर्द्धार्थनगर उद्योग वाणिज्य सङ्घ कार्यसमिति सदस्य तथा रवि सपिङ्ग सेण्टर र करण इन्टरपराइजेजका प्रोप्राइटर ३८ वर्षीय हरिश सेठियामाथि भारतीय नम्बर प्लेट भएको मोटर साइकलमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरेका छन् । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार युपी ५६ ई ४१४९ नं.को मोटरसाइकलमा आएका अपरिचित दुईजनाले फागुन २८…

पीडितले न्याय पाएपछि इन्सेकलाई धन्यवाद

शिवनाथ गाँउपालिका-६ कनालीका ३४ वर्षीय शिक्षक करन राना र ३० वर्षीया राजु रानाले न्यायका लागि सहयोग गरेको भन्दै इन्सेकलाई धन्यवाद दिएका छन् । गैरदलित समुदायकी छात्रालाई दलित समुदायका युवकसँग भाग्न सहयोग गरेको भन्दै स्थानीयले शिक्षक करन राना र राजु रानालाई उनीहरू कार्यरत विद्यालयबाट निष्कासन गरेर गाँउबाट विस्थापित गरेका थिए ।…

अज्ञात समूहको अक्रमणबाट घोडाघोडी नगरपालिकाका मेयर घाइते

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि फागुन २८ गते साँझ अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ । तीन जनाको समूहमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले टाउकामा खुकुरी र तिघ्रामुनी गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सागर बोहोरालाई उद्घृत गर्दै इन्सेक धनगढी कार्यालयका प्रलेख अधिकृत कर्ष्णबहादुर बिकले जानकारी दिए ।…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकविरूद्ध पीडित पक्षले फागुन २८ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएको छ । बीरगञ्ज स्थित एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिकालाई १७ वर्षीय बालकले ललाईफकाई फागुन २१ गते बीरगञ्जबाट बस चढाएर ल्याई रौतहटको चन्द्रपुर नपा-१ पौराई पुर्‍याएर बलात्कार गरेको पीडित…

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले काठमाडौँका २६ वर्षीय दिनेश अधिकारीलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश स्वीकृत पराजुलीको फागुन २८ गते बसेको इजलाशले अधिकारीलाई ६ वर्षकैद र पीडितका नाममा १५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । पीडित बालिकालाई अधिकारीले ०७३ मङ्सिर २४ गते…

यौन दुर्व्यवहार गरेको कसुरमा १० वर्ष ६ महिना कैदको फैसला

आठ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा रामपुर नपा-४ रामपुरका ५५ वर्षीय टेकप्रसाद कँडेललाई जिल्ला अदालत पाल्पाले फागुन २७ गते दोषी ठहर गर्दै १० वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ । न्यायाधीश शङ्कर बरालको इजलासले आरोपितलाई कैद सजायसँगै ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको जिल्ला अदालत पाल्पाका…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा-९ कठौतियाका ३५ वर्षीय भुल्लु देवान भन्ने इश्तीखार देवानविरुद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएको थियो । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बर्दिया जिल्ला बासगडी नपा-५ की ३० वर्षीया चन्द्रकला ओलीलाई हत्या गरेको आरोपमा प्रहरीले हाल मध्यपहाडी लोकमार्गको आठराई खण्डमा मजदुरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीलाई प्रहरीले फागुन २७ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी कन्चटमा मुक्का प्रहार गरेर पत्नीको हत्या गरेको इलाका प्रहरी कार्यालय सक्रान्ति बजारका प्रमुख…

बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

राजविराज नपा-९ की ३० वर्षीया गायत्रीकुमारी यादवले उनका ३५ वर्षीय पति बिरेन्द्रकुमार यादव र सोही ठाउँकी १६ वर्षीया बालिकाविरुद्ध दिएको बहुविवाहको उजुरी जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते दर्ता गरेको छ । आरोपितहरुले जानीबुझी गत पुस २९ गते बहुविवाह गरेकाले गिरफ्तार गरी कारवाही गरी पाउँ भनी पीडित महिलाले जिल्ला प्रहरी…