चुनाव हुन नदिने चेतावनी दिँदै लाठी जुलुस प्रदर्शन

राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेसका विभिन्न जिल्लामा लाठी जुलुस प्रदर्शन गरेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जानकारी दिएका छन् । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजमा जेठ १४ गते लाठी जुलुस प्रदर्शन गरेको छ । घोषित आन्दोलनको कार्यक्रमअनुसार प्रदर्शनकारीहरूले स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिँदै लाठी…

०७४ जेठ १४ गते  
सात ओटा मतदान केन्द्र अति सम्वेदनशील

धनकुटा जिल्लाका सात ओटा मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । कार्यालयका अनुसार ४२ ओटा सम्वेदनशील र ९४ ओटा मतदान केन्द्र सामान्य रहेको छ । जिल्लाका अति सम्वेदनशील मतदान केन्द्रमा २४ गाउँपालिका अन्तर्गत रहेका गाविस भवन कुरूले, जनसेवा निमावि बाजथला, जालपादेवी आधारभुत विद्यालय सुरूङी र…

०७४ जेठ १४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उमनपा-१२ का १८ वर्षीय कमल रानालाई जेठ १३ गते बुटवलबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई रारा होटल तथा फेम्ली रेष्टुरेण्टका सञ्चालकको सहयोगमा आरोपितले बलात्कार गरेको भनी पीडित बालिकाले जेठ १३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । पीडितले दिएको…

०७४ जेठ १४ गते  
राजपाका कार्यकर्ताले निर्वाचन सामग्री जलाए

राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरूले सप्तरीको बलान विहुल गाउँपालिकामा जेठ १३ गते  निर्वाचन शिक्षासम्वन्धी प्रचार-सामग्री जलाएका छन् । चनही मल्हनियास्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयमा आयोजित कार्यक्रम बिथोल्दै उनीहरूले प्रचार-प्रसार सामग्रीमा आगो लगाएर जलाएका हुन् । राजपाका दुखी यादव, रामप्रसाद यादव, विशेश्वर यादवसमेतका स्थानीय कार्यकर्ताहरूले निर्वाचनसम्बन्धी प्रचार-प्रसार सामग्री जलाएको राजपा सप्तरीका…

०७४ जेठ १३ गते   
राजपाद्वारा मशाल जुलुश प्रदर्शन

मधेशको माग सम्बोधन बिना नै सरकारले दोस्रो चरणको चुनाव गराउन लागेपछि राष्ट्रिय जनता पार्टीले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार जेठ १३ गते महोत्तरीमा मशाल जुलुस निकालेको छ । राजपा नेपालका नेता तथा कार्यकर्ताहरूले परिमार्जन सहितको संविधान संशोधन गर, झुठा मुद्दा फिर्ता गर लगायतका नारासहित मसाल जुलुस निकालेका हुन् । त्यसैगरी…

०७४ जेठ १३ गते  
स्थानीय निर्वाचन बिथोल्ने चेतावनी दिँदै मशाल जुलुस प्रदर्शन

राष्ट्रिय जनता पार्टी नेपालले राजविराजमा जेठ १३ गते स्थानीय निर्वाचन बिथोल्ने चेतावनी दिँदै मशाल जुलुश प्रदर्शन गरेको छ । संविधान संशोधन नगरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिँदै आन्दोलनमा उत्रिएको राजपा नेपालले मशाल जुलुस प्रदर्शन गरेको हो । सरकारले पटक-पटक गरेको सहमति कार्यान्वयन नगरी धोका दिएपछि निर्वाचनमा…

०७४ जेठ १३ गते  
मानव अधिकारको अवस्था सन्तोषजनक छैनः प्रतिवेदन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, जुम्लाले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको १७ औँ स्थापना दिवसको अवसरमा यस्तो प्रतिवदेन सार्वजनिक गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख कुमारी महराले आयोगको कार्यक्षेत्र जुम्ला, मुगु र कालिकोट…

०७४ जेठ १३ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका-७ का २७ वर्षीय सुनिल शर्मा बढईलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो पीडित बालिकाको स्वास्थ्य परीक्षण पृथ्वीचन्द्र अस्पताल परासीमा सोही दिन गरिएको…

नेविसङ्घका कार्यकर्ताको आक्रमणबाट एमाले उम्मेदवार घाइते

चुनावी सभा गरेर घोराही फर्कँदै गरेका नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार २५ वर्षीय विवेक बुढाथोकीलाई नेविसङ्घका कार्यकर्ताले आक्रमणमा गरी गम्भीर घाइते बनाएका छन् । जेठ ११ गते घोराही उपमहानगरपालिका-५ वसन्तापुर भन्ने स्थानमा चार/पाँच जनाको समूहले रड प्रहार गरी पीडित बुढाथोकीको गोडा भाँचिदिएको प्रहरीले जनाएको छ । घाइते बुढाथोकीको प्राथमिक उपचार राप्ती…

०७४ जेठ १२ गते  
अज्ञात समूहद्वारा राप्रपाका उम्मेदवारको पोल्ट्रि फार्ममा आगजनी

त्रीवेणी नगारपालिकाका राप्रपाको तर्फबाट मेयरका उम्मेदवार हिमाल शाहीले सञ्चाल गरेको कुखुराको पोल्ट्रि फार्ममा जेठ ११ गते राति अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट भौतिक संरचना, लत्ताकपडा, खटिया, टेबल, खातापाता लगायतका सामग्री गरी ३ लाख भन्दा बढीको क्षती भएको शाहीले बताएका छन् । राति ९ः३० बजेतिर अज्ञात समूहले आगो लगाएको…

०७४ जेठ १२ गते