मतदाता शिक्षामा विशेष ध्यान देऊः अध्यक्ष प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले मतदाता शिक्षामा ध्यान दिन सरोकारवालाहरूलाई आग्रह गरेका छन् । मानव अधिकार र निर्वाचन विषयक कार्यक्रमका लागि जेठ १५ गते दाङ आइपुगेका प्याकुरेलले मानव अधिकार अवस्था र स्वच्छ निर्वाचनका लागि नागरिक अभियानबारे रेडियो कार्यक्रममा बोल्दै सम्बद्ध सरोकारवाला पक्षलाई मतदाता शिक्षामा ध्यान…

०७४ जेठ १६ गते  
दोस्रो चरणको निर्वाचन असार ९ मा गर्ने मन्त्रिपरिषद् निर्णय

आउँदो जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते शुक्रबारका दिन हुने भएको राससले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जेठ १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणको निर्वाचनमा असहमति राख्दै सहभागी नहुने दलहरूलाई समेत दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन असार ९ गतेको…

०७४ जेठ १५ गते  
प्रधानन्ययाधीश विरुद्ध संसदमा दर्ता महाभियोग प्रस्ताव फिर्ता

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता महाभियोगको प्रस्ताव प्रस्तावकले नै जेठ १५ गते फिर्ता लिएको राससले जनाएको छ । उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दिँदै उनीहरूले प्रस्ताव फिर्ता लिएका हुन् । ‘संविधान कार्यान्वयनको यो संवेदनशील घडीमा संविधानबमोजिम स्थापित राज्यका अङ्गहरूले…

०७४ जेठ १५ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

तुलसीपुर उमनपा-४ की ४३ वर्षीया गोमा पुनलाई हत्या गरेको आरोपमा प्रहरीले उनका ५३ वर्षीय पति दिलबहादुर पुनलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मादक पदार्थ सेवन गरी जेठ ११ गते मरणासन्न हुनेगरी कुटपिट गरी घाइते बनाएकोमा पीडित महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा जेठ १४ गते…

०७४ जेठ १५ गते  
मतपत्र च्यातिएको घटनामाथि छानबिन गर्न अनुगमन टोली गठन

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको राससले जनाएको छ । जेठ १५ गते बसेको आयोगको बैठकले चितवनका मुख्य निर्वाचन अधिकृतले आयोगमा पठाएको प्रतिवेदनका आधारमा घटनाको छानबिन गर्न सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिना संयोजक रहेको अनुगमन…

०७४ जेठ १५ गते  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुई जना गिरफ्तार

स्थानीय तह दोस्रो चरणको निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले माइ नगरपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जेठ १४ गते राति गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा देउमाइ नगरपालिका-९ का झरेन्द्र बराल र देउमाइ नगरपालिका-८ का दिलिप बराल रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी…

०७४ जेठ १५ गते  
एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षा सम्वेदनशील

स्थानीय तहको दोस्रो चरण अन्तरगत जेठ ३१ गते हुने निर्वाचनमा दार्चुलाका एक नगरपालिकासहित तीन गाउँपालिका सुरक्षाका दृष्टिले अति सम्वेदनशील रहेको सुरक्षा समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका नौ स्थानीय तहमध्ये मतदान केन्द्रलाई सम्वेदनशील र अतिसम्वेदनशीलमा छुट्याइएको हो । शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका…

०७४ जेठ १५ गते  
मतदाता परिचयपत्र मतदान केन्द्रबाट जेठ २८ गतेदेखि तीनदिन वितरण गरिने

स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि यही जेठ २८, २९ र ३० गते मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण कार्यक्रम रहेको राससले जनाएको छ । मतदाता आफैँ आफूले मतदान गर्ने मतदान केन्द्रमा उपस्थित भई परिचयपत्र लिनसक्ने व्यवस्था गरिएको जनाउँदै आयोगले यदि आफैँ उपस्थित हुन नसक्ने अवस्थामा परिवारका सदस्य हो…

०७४ जेठ १४ गते  
महाअभियोग प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका-संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोगको प्रस्ताव अघि नबढाउन प्रक्रिया सुरु भएको राससले जनाएको छ । महाअभियोग प्रस्तावमा नेपाली काङ्ग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक टेकबहादुर बस्नेत मुख्य समर्थकले नै जेठ १४ गते व्यवस्थापिका-संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव अघि नबढाउन प्रस्ताव पेस…

०७४ जेठ १४ गते  
चुनाव हुन नदिने चेतावनी दिँदै लाठी जुलुस प्रदर्शन

राष्ट्रिय जनता पार्टी नेपालले तराई मधेसका विभिन्न जिल्लामा लाठी जुलुस प्रदर्शन गरेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जानकारी दिएका छन् । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजमा जेठ १४ गते लाठी जुलुस प्रदर्शन गरेको छ । घोषित आन्दोलनको कार्यक्रमअनुसार प्रदर्शनकारीहरूले स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिँदै लाठी…

०७४ जेठ १४ गते