बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १४ गते ३५ वर्षीय आफन्तलाई काठमाण्डौबाट गिरफ्तार गरेको छ । पीडित पक्षले बाल हेल्पलाइन चन्द्रागिरीको सहयोगमा चैत १३ गते महाराजगञ्ज प्रहरी कार्यालय काठमाण्डौमा उजुरी दिइएका थिए । पीडितलाई आरोपितले चैत ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १४ गते जिल्ला प्रहरी…
मधेस प्रदेशस्तरीय महिला मानवअधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनामा चैत १६ गते मधेस प्रदेशस्तरीय महिला मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । अधिवक्ता रेखा झा (धनुषा) को संयोजकत्वमा २१ सदस्यीय महिला मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो । गठित सञ्जालको सदस्यहरूमा…
मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक, मुक्ति नेपाल र महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनमा चैत १५ गतेदेखि मानव अधिकार रक्षकहरूको अवस्था बारे मधेस प्रदेशस्तरीय समीक्षा बैठक तथा कार्याशाला गोष्ठिबाट चैत १५ गते मधेस प्रदेशस्तरीय वातावरण मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । सरसफाई अभियन्ता धिरेन्द्र साहको संयोजकत्वमा नौ…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलाशले फरार रहेका आरोपितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो । आरोपितले ०७७ फागुन २० गते बलात्कार…
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा इन्सेकद्वारा धारणा सार्वजनिक
नेपाल सरकारले २०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूची सम्बन्धमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेकामध्ये इन्सेकको अभिलेखमा रहेका ६ हजार १४ जनाको नाम फेला परेको छ भने २ हजार ४ सय ५६ जनाको…
अमानविय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
गोलबजार नगरपालिकाका नगर प्रमुख ५० वर्षीय श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेर अमानविय व्यवहार गरेको आरोपमा नहरा गाउँपालिका–४ का ४३ वर्षीय साधुशरण महराविरुद्ध चैत १५ गते प्रहरीले उजुरी दर्ता गरेको छ । गोलबजार नगरपालिकाको लेटरप्याडमा चैत १५ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले दर्ता गरेको डिएसपी रबिन्द्रराज पाण्डेले बताउनु भयो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत उत्तरपदेश, रामपुर घर भई हाल धनगढी उपमहानगरपालिका—१३ मोहनपुरमा डेरा गरी बस्ने ५० वर्षीय रिजवान खानलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विस्कुट खान बोलाएर कोठा भित्र लगेर बलात्कार गरेको जानकारी पाएपछि अरोपित विरुद्ध उजुरी दिएको पीडितकी आमाले इन्सेक…
सरकारको बालमैत्री स्थानीय शासन अवधारणा कोशी प्रदेशमा गतिहीन
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका लागि बाल अधिकार संरक्षण, सम्वर्दन र प्रवर्दनसम्बन्धी एकीकृत कार्याविधि २०७९ मङ्सिर १८ गते स्वीकृत गरी लागू गरेको छ । नेपालको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका…
नेपालमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन पाउने अधिकार कुण्ठितः एमनेष्टि
एम्नेष्टि इन्टरनेशनलले एसिया क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन पाउने अधिकार कुण्ठित गर्ने देशहरूमा नेपाल पनि रहेको जनाएको छ । एम्नेष्टि इन्टरनेशनलले विश्वको मानव अधिकारको अवस्था बारेको प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन पाउने अधिकार कुण्ठित भएको जनाएको हो । प्रतिवेदनमा मानव अधिकार हनन्का घटनामा कमी…