१२ वर्षीय बालक तीन वर्षदेखि दाम्लोमा

सुस्त मनस्थिति भएका वाँगी गाविस-६ का १२ वर्षीय बावुराम नेपालीलाई उनका परिवारले दाम्लोमा बाँधेर नियन्त्रणमा राखेका छन । ती बालकलाई उपचार गर्नुको साटो अभिभावकले धेरै हिँडडुल गर्ने र परिवालाई दुख दिने गरेकोले डोरीले बाँधेर राखिएको बताएका छन् । बालकलाई डोरीले गोडामा बाँधेर राखिएकोले उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । उनलाई…

०७३ साउन २८ गते  
कथित बोक्सी आरोप लगाएको कसुरमा १५ दिन कैदको फैसला

वोरिया गाविस-८ की ३८ वर्षीया वेचनीदेवी यादवलाई कथित बोक्सीको आरोपमा कुटपिट र दुर्व्यवहार गरेको कसुरमा सोही ठाउँ बस्ने काकाससुरा ५२ वर्षीय शिवु भनिने शिवनारायण यादवलाई पुनरावेदन अदालतले साउन २७ गते १५ दिन कैद र एक हजार जरिबानाको फैसला गरेको छ । पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश…

०७३ साउन २८ गते  
न्यायको माग गर्दै गङ्गामाया छैठौं पटक आमरण अनसनमा

सशस्त्र द्वन्द्वको समयमा कान्छा छोरा १६ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राख्दै गोरखा फुजेल-७ की गङ्गामाया अधिकारी साउन २७ गतेदेखि पुनः आमरण अनसन बसेकी छन् । उनले अनसन बसेको यो छैठौँ पटक हो । प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएको भोलिपल्ट छोराको हत्यामा संलग्नलाई…

०७३ साउन २७ गते  
बन्धक बनाएर बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले पचरुखी गाविस-८ छर्तौना टोलका १८ वर्षीय राजेश महरा चमारलाई साउन २७ गते गिरफ्तार गरेको छ । साउन २५ गते साँझ पीडित बालिकालाई रातभर हातगोडा बाँधेर आरोपित चमारले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गङ्गा पिपरामा साउन २७ गते उजुरी…

०७३ साउन २७ गते  
धार्मिक मर्यादा रहने गरी विद्यालय पोशाकको व्यवस्था मिलाउन शिक्षा कार्यालयद्वारा परिपत्र

नेपालगञ्जस्थित गोल्डेन एबिसी विद्यालयमा अध्ययनरत मुस्लिम समुदायका बालिकालाई स्कूल पोशाक नलगाएको आरोपमा विद्यालय प्रवेशमा रोक लगाइएको विषयमा जिल्ला शिक्षा कार्यालयद्वारा विद्यालयले धार्मिक मर्यादा रहने गरी पोशाकको व्यवस्था मिलाउन जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गरेको छ । जिल्ला शिक्षा कार्यालय बाँकेद्वारा साउन २३ गतेको चलानी नम्बर १८८ को पत्र अनुसार…

०७३ साउन २७ गते  
'आफ्नो घर आफै बनाउँदै' भूकम्पपीडित

भुकम्प गएको १५ महिनासम्म सरकारको अनुदान कुरेर बसेका यहाँका भुकम्पपीडितले अन्ततः आफ्नै पुँजीले घर बनाउन थालेका छन् । सरकारले भुकम्पपीडितलाई पुनःस्थापनाका लागि घर बनाउन अनुदान रकम दिने भने पनि झण्डै डेढ वर्षसम्म नपाएपछि उनीहरूले आफ्नो क्षमताअनुसारका घर बनाउन थालेका हुन् । सरकारले घर बनाउने पैसा दिने भने पनि नदिएर धोका…

०७३ साउन २७ गते  
भुकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या

भूकम्पले भत्काएका ओखलढुङ्गाका विद्यालय भवन पुनः निर्माण नहुँदा पठन पाठनमा समस्या भएको छ । भुकम्पले क्षति पुगेको १ वर्षविते पनि विद्यालय मर्मत तथा पुनः निर्माण नहुँदा अहिले पनि त्रिपाल र जस्ताका अस्थायी शिक्षण केन्द्रमा सञ्चालन भइरहेका छन् । त्रिपालका शिक्षण केन्द्रमा वर्षात्मा पठनपाठन गर्न नसकिने भएकाले पढाइ प्रभावित भएको छ…

०७३ साउन २७ गते   
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरको आरोपमा प्रहरीले फिदिम नपा-७ का २९ वर्षीय सञ्जिव तुम्बापोलाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले दिएको सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णप्रसाद कोइरालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पताल पाँचथरमा साउन २७ गते…

०७३ साउन २७ गते  
स्थानीय स्रोतको सही परिचालन आवश्यकः अध्यक्ष प्याकुरेल

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले स्थानीय स्तरमा भएका स्रोतहरूको पहिचान गरी सही ढङ्गले परिचालन गर्न सके मात्र सभ्य समाजको निर्माणमा टेवा पुग्ने बताएका छन् । नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्द्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढिकरण परियोजनाको साउन २७ गते आयोजित समीक्षा कार्यक्रममा सम्बोधन…

०७३ साउन २७ गते  
सशस्त्र प्रहरी र स्थानीयबीच झडप, दुई सर्वसाधारण र एक प्रहरी घाइते

कवहीगोठ गाविस-८ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको रकम हिनामिना भएको विषयमा स्थानीयहरूबीच भएको छलफलको क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन पुगेका सशस्त्र प्रहरी र गाउँलेबीच साउन २६ गते झडप भएको छ । झडपको क्रममा प्रहरीको कुटाइबाट कवहीगोठ गाविस-८ का २८ वर्षीय मन्जय साह कानुको अनुहारमा चोट लागेको छ…

०७३ साउन २६ गते