गङगामाया अधिकारीको जीवन रक्षाको मागगदै वीर अस्पताल अगाडि धर्ना
मानव अधिकारकर्मीहरूले न्यायको माग राखी आमरण अनसनमा बसेकी गोरखा जिल्ला फुजेल गाविस-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै वीर अस्पताल अगाडि धर्ना दिएका छन् । गङ्गामाया बचाउ अभियानको आयोजनामा साउन ३२ गते दिइएको उक्त धर्नाका सहभागीहरूले तत्काल कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई अनुसन्धानको दायरामा ल्याउन र गङ्गामायाको…
द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएका परिवारलाई ५ लाख रुपियाँ दिने सरकारको निर्णय
सरकारले पूर्व घोषणा गरे बमोजिम द्वन्द्वकालमा मारिएका र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको परिवारलाई ५/५ लाख रुपियाँ दिने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । सहिद एवम् बेपत्ता योद्धा परिवारका प्रतिनिधिहरूसँग साउन ३२ गते भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को साउन २० गतेको बैठकले घोषणा गरे बमोजिम सरकारले सहिद एवम्…
यूपीआरमा बालअधिकारसम्बन्धमा प्राप्त सुझावबारे छलफल गर्न कार्यशाला सुरु
बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण अभियानको सहकार्यमा विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) २०१५ मा बालअधिकारसम्बन्धी प्राप्त सुझाव र बालअधिकार महासन्धिमा नेपाललाई प्राप्त निष्र्कषणात्मक टिप्पणी २०१६ सम्बन्धी दुई दिने कार्यशाला गोष्ठि साउन ३२ गतेबाट ललितपुरमा सुरू भएको छ । कार्यशालामा सहभागी बालबालिकासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बालबालिकाको क्षेत्रमा…
बहिर्गमित लडाकूलाई रकम नदिन माग गर्दै सर्वोच्चमा रिट दायर
तत्कालीन माओवादी सेनाका बहिर्गमित लडाकूलाई रु दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै साउन ३१ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । द्वन्द्वकालमा माओवादीबाट हत्या गरिएका टीकाराज आरणका छोरा रामेछाप पुरानागाउँ-५ निवासी ज्ञानेन्द्रराज आरणसहित १ सय २९ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई…
बलात्कार प्रयास गरेको कसुरमा एक वर्षतीन महिना कैदको फैसला
एक १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको ठहर गर्दै जिल्ला अदालतले १४ वर्षीय बालकलाई साउन ३१ गते हालका लागि सजाय स्थगित रहने गरी १ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजालासले कसुरदार नाबालक भएकाले हालका लागि कैद सजाय स्थगित गर्ने गरी फैसला सुनाएको हो…
घरेलु हिंसा गरेको ठहर गर्दै पतिलाई २४ दिन कैद फैसाल
केरुङ्गा गाविस-२ कि २९ वर्षीया सिर्जना भुसालाई घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालतले सिर्जनाका ३३ वर्षीय पति पुनाराम भुसाललाई साउन ३१ गते २४ दिन कैद र १० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रमाण र वयानको आधारमा अरोपितले पत्नीलाई घरेलु हिंसा गरेको ठहर गर्दै…
उच्च जातको केटी विवाह गरेको भन्दै कुटपिट घटनाका आरोपित गिरफ्तार
वाना गाविस-८ का २९ वर्षीय लिलाबहादुर विकलाई सोही गाउँकी २९ वर्षीया सपना तामाङसँग साउन २५ गते विवाह गरेको भन्दै सपनाका आफन्तले कुटपिट गरेको आरोपमा प्रहरीले आरोपितहरूलाई साउन २९ गते गिरफ्तार गरेको छ । आरोपितहरू वाना गाविस-८ का २६ वर्षीय सिंहमान तामाङ, २३ वर्षीय मनबहादुर तामाङ, २५ वर्षीय सलबहादुर तामाङ, २८…
पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या
जिल्लाको पटन नपा-९ बसन्तपुर कुलडाका २१ वर्षीया बिन्दु बोहोरालाई २६ वर्षीय पति कमल बोहराले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवाद भएपछि साउन ३० गते दिउसो करिब ३ बजेतिर बञ्चरो प्रहार गरी पत्नीको हत्या गरी कमलले घरभित्रै झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख इन्स्पेक्टर…
शैक्षिक आम हड्तालका कारण देशभरका विद्यार्थीको पढाइ प्रभावित
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आह्वान गरेको दुई दिने शैक्षिक आम हड्तालको पहिलो दिन साउन ३१ गते देशभरका विद्यार्थीको पढाइ प्रभावित भएको छ । नेपालको संविधानको मौलिक हक, अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिको भावना तथा विद्यालय शान्ति क्षेत्र हुन् भनी गरिएको घोषणाको मर्म विपरित विद्यालय बन्द…
गम्भीर प्रकृतिका घटनामा माफी दिन मिल्दैनः आयोग
सत्यनिरूपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनामा माफी दिन नमिल्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । आयोगका पदाधिकारीले साउन ३१ गते प्रधानमन्त्री दाहाललाई भेटेर हत्या, अपहरण, बलात्कार जस्ता गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनामा माफी दिन नमिल्ने बताएको आयोगका अध्यक्ष सुर्यकिरण गुरूङले सञ्चारकर्मीलाई जानकारी दिएका…