माओवादी कार्यकर्ताद्वारा जिल्ला शिक्षा अधिकारीमाथि दुर्व्यवहार
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले माघ १२ गते मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाललाई दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । कार्यलयमा बसिररहेको अवस्थामा शिक्षक नियुक्तिमा भ्रष्टाचार गरेकोलगायतका आरोप लगाउँदै माओवादी कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ । ६ जनाको समूहमा जिल्ला…
अान्दाेलनका क्रममा ४७ राउण्ड रबरका गोली प्रहार, ६ जना घाइते
खानीगाउँ गाविस ढिकुरेमा स्थानीय निकाय पुनर्संरचनाको सीमाङ्कनको विरोधमा आन्दोलनरत स्थानीय र प्रहरीबिच माघ १२ गते झडप हुँदा ६ जना आन्दोलनकारी घाइते भएका छन् । सीमाङ्कनको विरोधमा स्थानीयले बन्द गरेको ढिकुरेमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. रामशरण महत बन्द गर्न नहुने भन्दै जागरण सभा गर्न गएका थिए । उक्त…
मालपोत अधिकृतमाथि दुर्व्यवहार
मालपोत कार्यालय बाराका अधिकृत ५१ वर्षीय सुमन चौधरीलाई माघ १२ गते मखुण्डो लगाएर आएका दुई जनाले मोसो दलेर दुर्व्यवहार गरी भागेको पीडितले बताएका छन् । अमाव गाविस-२ बेलवा गाउँका चौधरी कार्यालयमै बसिरहेका बेला मखुण्डो लगाएर आएका दुई जनाले आफूहरू ऐलानी जग्गामा बस्दै आएकोले काम गरिदिनु भन्दै मोसो छरेर दुर्व्यवहार गरेको…
उपमहानगरपालिका घोषणाको माग गर्दै सात दिनदेखि अनशन
कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै उद्योग वाणिज्य सङ्घको अगुवाइमा सात दिनदेखि कलैयामा रिले अनशन जारी छ । व्यापारी-व्यवसायी, नगरबासी र स्थानीय राजनीतिक दलले रिले अनशन गर्दै आएका हुन् । स्थानीय प्रशासनमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै उनीहरू रिले अनशनमा बसेका हुन् । स्थानीय तह पुनर्संरचना आयोगले कलैयालाई नगरपालिकामै सीमित राखी…
शिक्षकको यातनाका कारण छात्रा बेहोस्, उपचारका लागि अस्पताल भर्ना
शिक्षकको यातनाले भैरव जनता माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत छात्रा सुस्मिता रुचाल बेहोस भएपछि दुई दिनदेखि युनाइटेड मिसन अस्पताल तानसेनमा भर्ना गरिएको छ । जाडो विदाको समयमा दिएको गृहकार्य नगरेको भन्दै शिक्षक चिरञ्जीवि बास्तोलाले कुखुरा बनाएर कारबाही गर्ने क्रममा बेहोस भएपछि पीडित बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो ।…
निर्वाचनका लागि कानुनी आधार तय, दुई विधेयक पारित
आगामी माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र केन्द्रका तीनै तहको निर्वाचनका लागि कानुनी आधार तयार भएको राससले जनाएको छ । व्यवस्थापिका–संसद्को माघ १२ गते बसेको बैठकले मतदाता नामावली विधेयक, २०७३ र निर्वाचन आयोग विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेसँगै निर्वाचनका लागि कानुनी आधार तयार भएको हो । सो विधेयकमाथिको…
बेचविखन गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता
२३ वर्षीया महिलालाई बेचविखन गरेको अरोपमा रुपन्देहीको बुटवल उमनपा-४ की ३५ वर्षीया सुकमाया परियारविरुद्ध माघ ११ गते नवलपरासी प्रहरीमा उजुरी दर्ता गरिएको छ । वैदेशिक रोजगारीको लागि कुबेत पठाउने भन्दै नेपाल भारत सिमाना महेशपुर हुँदै दिल्लीबाट दुबई पुर्याई विक्री गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाले आफूलाई विक्री गरी…
स्थानीय स्वास्थ्य संस्थाहरूमा औषधि अभाव
ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरूमा अति आवश्यक औषधि अभाव भएको छ । खरिद प्रक्रियामा भएको ढिलाइले दुर्गम गाउँका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको हो । सरकारी स्वास्थ्य संस्थामा औषधि नभएपछि उपभोक्ता भने निःशुल्क पाइने औषधि निजी क्लिनिकहरूमा खरिद गरेर उपभोग गर्न बाध्य भएका छन् । ढुवानिका लागि टेण्डर प्रक्रियामा ढिलाइ भएकाले जिल्लाका…
अनुदानको नुन महङ्गोमा विक्री हुँदा स्थानीयबासी मर्कामा
सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत जिल्लाबासीलाई अनुदानमा दिने आयोडिनयुक्त नुन व्यापारीले खरिद गरेर महङ्गोमा विक्री गर्दा स्थानीयबासी मर्कामा परेका छन् । साल्ट ट्रेडिङले जिल्लाका बासिन्दालाई आयोडिनयुक्त नुन प्रति किलो नौ रुपियाँमा विक्री गर्ने गरेको भएपनि सदरमुकाम बाहिरका व्यापारीले ५० देखि ६० रुपियाँमा विक्री गर्ने गरेको स्याडा गाविस-९ का स्थानीयबासी काल्चे सिंहले…
इन्सेककाे पहलमा अपाङ्गता भएका बम बहादुरले परिचयपत्र पाए
गाविस कार्यालय छेउमा परिचय पत्रका लागि याचना गरेर बसेका चिदीपानी गाविस-९ का ५० वर्षीय बमबहादुर घर्तीले माघ ११ गते अपाङ्गता परिचयपत्र पाएका छन् । इन्सेक अनलाइनमा माघ ८ गते गाविस कार्यालय छेउबाटै परिचय पत्रको लागि याचना ! शीर्षाकमा समाचार प्रकाशन भएपछि इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको पहलमा पाल्पाका प्रमुख…