यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित बङ्गलाचुली गाउँपालिका-५ हाँसिपुरका ३१ वर्षीय भिमबहादुर गिरीलाई प्रहरीले कात्तिक २० गते गिरफ्तार गरेको छ । पत्नीसँगै आएकी १४ वर्षीया झट्केली छोरीलाई गिरीले लामो समयदेखि यौन दुर्व्यवहार गरेपछि गर्भवती भएको भन्दै पीडित पक्षले कात्तिक १९ गते प्रहरी चौकी कमिरेचौरमा उजुरी दिएका थिए ।…

०७४ कात्तिक २० गते  
आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री निकालियो

निर्वाचन आयोगले उदयपुरमा कात्तिक २० गतेदेखि निर्वाचन आचारसंहितालाई कडाइ गरेको छ । आचारसंहिता विपरीत हुने गतिविधिलाई रोक्न र दलहरूलाई आचारसंहिताको पूर्णपालना गराउन प्रमुख निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाको नेतृत्वमा रेहेको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको टोलीले अनुगमन कार्य सुरू गरेको हो । टोलीले कात्तिक २० गते स्थानीय तहको निर्वाचनमा दलहरूले…

०७४ कात्तिक २० गते  
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

भरतपुर मनपा-२१ पार्वतीपुर की १९ वर्षीया निशा सुनारको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले २४ वर्षीय पति मनोज बिकलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । हत्या गरी सलको पासो लगाई झुण्ड्याएको भन्दै माइती पक्षले कात्तिक १९ गते नै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । निशा कात्तिक…

०७४ कात्तिक २० गते  
गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा एक घाइते

गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद हुँदा भिमसेन गाउँपालिका-५ बगुवामा खुकुरी प्रहारबाट भिमसेन-५ का सविन बानियाँ घाइते भएका छन् । गाउँपालिकाको केन्द्र बगुवा राख्ने या घ्याम्पेसाल सार्ने भन्ने विषयमा कात्तिक १९ गते साँझ विवाद बढ्दै जाँदा बगुवाका एक युवाले खुकुरी प्रहार गरी बानियाँलाई घाइते बनाएको गाउँपालिका प्रमुख इश्वर पाण्डेले बताए ।…

०७४ कात्तिक २० गते  
प्रमुख नेताहरूबाटै आचारसंहिता उल्लङ्घन सुरू

आगामी मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि मनोनयन दर्तासँगै सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार गर्न थालेका छन् । सप्तरीको क्षेत्र नम्बर २ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सोही क्षेत्रको प्रदेश सभा २ का उम्मेदवार…

०७४ कात्तिक २० गते  
निर्वाचन आयोगद्वारा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

दोस्रो चरणमा मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरी आयोगबाट स्वीकृत उम्मेदवाहरूलाई कात्तिक १९ गते ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिन्ह प्रदान गरिएको छ । कात्तिक १६ गते प्रतिनिधि सभा सदस्यतर्फ१ सय २८ र प्रदेश सभा सदस्यतर्फ२…

०७४ कात्तिक १९ गते  
२ सय ३२ मतदान केन्द्र अति सम्वेदनशील

अगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तोकिएका ४ सय ३६ मतदान केन्द्र मध्ये २ सय ३२ मतदान केन्द्र अति सम्वेदनशील रहेका छन् । सिरहा जिल्लामा रहेका २ सय २१ मतदान स्थलमध्ये १ सय ९ ओटा अति सम्वेदनशील र ८४ ओटा सम्वेदनशील रहेको जिल्ला प्रहरी…

०७४ कात्तिक १९ गते  
ऐन संशोधन नभए सङ्क्रमणकालिन न्यायसम्बन्धी काम गर्न सक्दैनौँ: सदस्य झा

सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले द्वन्द्वकालीन घटनाको सत्यतथ्य छानबिन गरी न्यायिक निरूपणका लागि स्थापना भएका सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगले आफू सञ्चालन हुने ऐनमा संशोधन नभए म्याण्डेट अनुसार  काम गर्न नसक्ने बताएकी छन् । गैरन्यायिक हत्या, बलात्कार, बेपत्ता, यातनालगायतका जघन्य प्रकृतिका घटनामा क्षमादान दिन नमिल्ने उल्लेख भएपनि सत्य निरूपण…

०७४ कात्तिक १९ गते  
१५ ओटा मतदान केन्द्र अति सम्वेदनशील

आगामी मङ्सीर १० गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि हुम्लामा तोकिएका ५२ मतदान केन्द्र मध्ये १५ ओटा केन्द्र अति सम्वेदनशील रहेका छन् । सुरक्षा सम्वेदनशीलताको आधारमा अति सम्वेदनशील मतदान केन्द्रमा अहिलेदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न…

०७४ कात्तिक १८ गते  
आचारसंहिता विपरीत छाना वितरण

आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालले आचारसंहिता विपरित गरिबका लागि छाना वितरण कार्यक्रम सञ्चालन गरेका छन् । रूपाकोट मझुवागढी नगरपालिका-८ दोर्पामा कात्तिक १६ गते नेकपा एमालेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै  रिजालले गरिबका लागि छाना वितरण गरेका हुन् ।…

०७४ कात्तिक १९ गते