कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा सभापति चयन
कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । जेठ १४ गते भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार वटा विषयगत समिति छन् ।
प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेश मामिला समितिको सभापतिमा प्रदेश सभा सदस्य कल्याणी खड्का, सामाजिक विकास समितिको सभापतिमा घनश्याम भण्डारी, सार्वजनिक लेखा समितिको सभापतिमा जितबहादुर मल्ल र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा दुर्गाबहादुर रावत चयन हुनुभएको छ ।
प्रदेश सभाको पहिलो बैठक चार महिनापछि समिति सभापतिको निर्वाचन भएको हो । यस अघि सभामुख नन्दा गुरुङले विषयगत समितिका सदस्यहरू मनोनीत गर्नुभएको थियो । समितिका सदस्यबाट सभापतिमा एक/एक जना सदस्यलाई निर्वाचित गरिएको छ । सभामुख गुरुङले जेठ १४ गते नै नवनिर्वाचित समितिका सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।
मिनी संसद्को रूपमा रहेका प्रदेश सभाका विषयगत समितिले प्रदेश सभाको भूमिकालाई प्रभावकारी बनाउन, नियमित र आकस्मिक कार्यलाई निरन्तर अघि बढाउन भूमिका खेल्छन् ।
यस्तै, प्रदेश सभाबाट समितिमा आएका विधेयकलाई परिमार्जन गर्ने, प्रदेश सभाका काम कारबाहीप्रति प्रदेशसभा सदस्यलाई जागरूक बनाउन तथा जिम्मेवार बनाउन र प्रदेश सरकारलाई जनताप्रति उत्तरदायी, जबाफदेही बनाउन, प्रदेश सरकारका काम कारबाहीको अनुगमन मूल्याङ्कन गरी आवश्यक निर्देशन, रायसल्लाह दिने भूमिका महत्वपूर्ण जिम्मेवारी हुन्छ ।
प्रभाकुमारी रावत
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…