अपहरण प्रयास घटनाका आरोपित गिरफ्तार
लालबन्दी नपा–१ नवलपुरमा स्थानीय सुनचाँदी व्यवसायी रामकिशोर साहका छोरा १९ वर्षीय गुड्डु साहलाई पुस २४ गते अपहरण गर्ने प्रयास गरेको आरोपमा भारत देश सितामढी जिल्ला फुल्काहा ग्राम घर भएका ३६ वर्षीय चुनु महतोलाई ईलाका प्रहरी कार्यालय नवलपुरले घटना स्थलबाट गिरफ्तार गरेको छ ।
चार जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले लालबन्दी नपा–१ नवलपुर स्थित पूर्व बसपार्क देखि दक्षिणतर्फ रहेको आफ्नो “मनकामना सुनचाँदी” नाम गरेको पसलबाट जबरजस्ती गाडीमा बसाउन खोजी अपहरणको प्रयास गरेको गुड्डु साहले बताए ।
अपहरण प्रयास गर्नेहरू मध्ये एक जना आरेपितलाई गिरफ्तार गरिसकेको तथा थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय नवलपुरमा राखीएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका एसपी नरेश राज सुवेदीले जानकारी दिएको छ । अन्य आरोपितहरूको खोजी कार्य भइरहेको सुवेदीले बताए ।
गिरफ्तार गरिएको आरोपितलाई स्थास्थ्य जाँचका लागि सर्लाही जिल्ला अस्पताल मलङ्गवामा लगिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका एसपी सुवेदीले जानकारी दिए ।
बुधन साह
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…