यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
भरतपुर महानगरपालिका-१० बालमन्दिर रोडस्थित अरोमा कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही कलेजका शिक्षक ५२ वर्षीय रामकृष्ण सुवेदीलाई प्रहरीले ०७९ पुस ५ गते गिरफ्तार गरेको छ ।
आफूहरूलाई कम्प्यूटर ल्यावमा काम गर्ने शिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको भन्दै विद्यार्थीले पुस ५ गते कलेज भित्र नाराजुलुस गरेका छन् । उत्तेजित विद्यार्थीको भीडले ढुङ्गा इँटा प्रहार गर्दा कलेजका केही कोठाका झ्यालका सिसाहरू फुटेका छन् ।
आरोपित शिक्षक गिरफ्तार भए पनि घटनाका सम्बन्धमा उजुरी नपरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विश्वराज पण्डितले जानकारी दिनु भयो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…