मौन अवधिमा आचार संहिता उल्लङ्घन र झडप

  ०७९ वैशाख १८ गते

स्थानीय तह निर्वाचनको मौन अवधि सुरू भए पनि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अचार संहिता उल्लङ्घन र झडपहरू भएका छन् ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार महाराजगञ्ज नगरपालिका उप–मेयरका उम्मेदवार ५५ वर्षीया शुभावती कुर्मीको मृत्यु भएपछि स्तगीत गरिएको निर्वाचन कार्यक्रम उक्त पदमा मृतककी बुहारी २८ वर्षीया रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाउने निर्णय अनुसार वैशाख २८ गते मनोनयन दर्ता गरिएको छ ।   निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाका अनुसार स्म्पुर्ण प्रक्रिया पुरा गरेर जेठ  ३ गते निर्वाचन हुने मिति तोकिएको छ । वैशाख २८ गते मनोनयन दर्ता र उजुरी उपर जाँच बुझ गर्ने समय दिइएको छ भने वैशाख २९ गते अन्तिम नामावली प्रकाशन गरीने छ । यसैगरी, निर्वाचन मौन अवधिमा मतदातालाई प्रलोभनमा पार्न कपिलवस्तु–३ मा मदिरा वितरण गर्न तीन जनालाई गिरफ्तार गरेको छ । लु १ ज २४१० नम्बरको गाडीबाट १२ काटुन (३६० बोतल ) मदिरा बरामद गरेको छ । कपिलवस्तु नगरपालिकाको सानो बगदेवामा कार्यकर्तालाई वितरण गर्न पठाइएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बर्दिया  जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार जिल्लाका मतदान केन्द्रबाट नयाँ मतदाताहरूलाई वैशाख २८ गते देखि परिचय पत्र वितरण गर्नुको साथै मतदाता शिक्षा दिन सुरू भएको छ । मतदान अधिकृत सहितको टोलीले आफ्ना केन्द्र अन्र्तगत पर्ने मतदाताहरूलाई मतदाता परिचय पत्र र मतदान  शिक्षा दिन लागेका हुन् । उम्मेदवारहरूले मौन अवधिमा प्रत्यक्षरुपमा प्रचारप्रसारको कुनै पनि गतिविधि भएको पाइएन । प्राय गाउँघरमा अदृष्य तरिकाले मतदातालाई प्रभावित पार्ने काममा कार्यकर्ताहरू लागेको पाइएको छ । मौन अवधिमा जिल्लामा कुनै पनि हिंसात्मक घटनाहरू भएका छैन्न ।

दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार लुम्बिनी प्रदेश सभा सदस्य तथा संसदीय कानुन समितिका सभापति दामा शर्माले निर्वाचन आचार संहिता उल्लङ्घन पगरेको पाइएको छ । वैशाख २८ गते मौन अवधिमा लु १ झ ४४३ नम्बरको सरकारी गाडी चढेर दाङको घोराही उपमनपा–१२ ठटौलीमा गठबन्धनको उम्मेदवारलाई मत मागिरहेकै बेला स्थानीयले विरोध गरेपछि फर्किनु भएको छ । निर्वाचन आचार संहिता परिच्छेद ३ को ५ क मा सरकारी पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सङ्लग्न हुन वा प्रचार प्रसार गर्न नहुने र परिच्छेद ३ कै ५ च मा मौन अवधि भर कुनै पनि प्रकारको अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी, अन्तरक्रिया वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामुहिक मस्तिष्क मन्थन गर्न नहुने उल्लेख गरिएको भएपनि प्रदेसभा सदस्य तथा कानुन समिति सभापतित शर्माले गठबन्धनका उम्मेदवार तथा आफ्नै सहोदर भाई घोराही उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार हेमराज शर्मा डायमण्डको पक्षमा मौन अवधिको समयमा मत मागेर निर्वाचन आचार संहिताको उल्लङ्घन गरेको छ । शर्माले आफन्त बिरामी परेकाले लिन गएको दावी गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश रितेन्द्र थापाले आचार संहिता उल्लङ्घन सम्बन्धि लिखित उजुरी नआएको बताउनु भयो ।

यसैगरी, नेकपा एमालेको तर्फबाट राप्ती गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार राप्ती गाउँपालिका–१ का ४६ वर्षीय जगतप्रसाद पोख्रेललाई नेकपा माओवादी केन्द्र राप्ती गाँउपालिका इन्चार्ज तथा राप्ती गाउँपालिका–४ का ३० वर्षीय शरद गिरीले वैशाख २७ गते दुर्व्यवहार गरेका छन । गिरीले उम्मेदवार पोख्रेलको शरिर खान तलासी गरेको, मतदाता शिक्षाका लागि बनाइएको फ्लेक्स मतपत्र खोसेर लगेको र अभद्र व्यवहार गरेको पोख्रेलले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । जबरजस्ती फोटो खिच्ने, उम्मेदवार चढेको गाडी खानतलासी गरेको समेत उम्मेदवार पोख्रेलले बताउनु भयो । घटनापछि नेकपा एमाले राप्ती गाउँपालिका कमिटीका सचिव भरतमणि न्यौपानेले विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्नु भएको छ । पीडित पक्षले अभद्र व्यवहार भएको तत्काल प्रहरीलाई जानकारी दिएपनि निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी दिएका छैनन ।

तुलसीपुर उपमनपा–१७ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारको मृत्यु भएपछि वैशाख २८ गते नयाँ उम्मेदवारी दर्ता गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा वैशाख २८ गते नेकपा एमालेको तर्फबाट प्रदीप चौधरीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । यसअघि तुलसीपुर उपमनपा–१७ को वडाध्यक्ष पदमा नेकपा एमालेले ५३ वर्षीय लबरु चौधरीलाई उम्मेदवार दर्ता भएकोमा वैशाख २६ गते मृत्यु भएको थियो । उक्त वडामा जेठ ३ गतेमात्रै मतदान हुने भएको छ । आयोगको नयाँ तालिका अनुसार उम्मेदवारी दर्ता, उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारीमाथि दावी विरोध वैशाख २८ गते र उम्मेदवारमाथि जाँचवुझ र नामावली प्रकाशन वैशाख २९ गते गरिने र वडा नम्बर– १७ को मतदानपछिमात्रै तुलसीपुर उपमनपाको  मतगणना गरिने मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

रुकुम (पूर्व)  जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन सम्पन्न गर्नका लागि जिल्लाका तीनव टा स्थानीय तहका मतदान केन्द्र तथा स्थलमा आवस्यक निर्वाचन सामग्री सहित २ सय ३६ जना कर्मचारी मतदान केन्द्रमा पुगेका छन् । जिल्लाका तीनवटा स्थानीय तहमा ३५ मतदान स्थल र ४९ वटा मत दान केन्द्र रहेका छन् । मतदानको लागि मतदान केन्द्र तथा स्थलमा ४९ मतदान अधिकृत, ४९ जना सहायक मतदान अधिकृत, ८९ जना सहायक कर्मचारी र ४९ जना सहयोगी खटिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तेजकुमार ओलीले जानकारी दिनुभयो । त्यसैगरी जिल्लाका तीन वटै तहका निर्वाचन अधिकृतका कार्यालयमा सिसिटिभि जडान गरिसकेको र मत गणना गरिने स्थलमा तारवार पनि गरिसकेको ओलीले जानकारी दिनु भयो ।

नवलपरासी पश्चिम जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नवलपरासी पश्चिम र भारतीय सिमा नाका  वैशाख २७ गते वैशाख ३० गते राती १२ बजेसम्मका लागि बन्द गरिएको छ ।स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सीमाना जोडिएका नाकाहरू बन्द गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनु भयो । सुनवलमा सम्पन्न नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले सिमानाका बन्द गर्ने र र्विाचनको समयमा सिमा  क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र त्यसले निर्वाचनलाई बिथोल्न सक्ने भएकाले त्यसको नियन्त्रणकालागि गस्ती बढाएर निगरानी गरिदै छ । सीमा नाका बन्द भएपनि वैवाहिक कार्यक्रम र एम्बुलेन्सलाई भने आवत जावत गर्न दिइने छ । जिल्लाभित्रका सबै मतदान केन्द्रहरुमा निर्वाचन टोली पुगिसकेका छन् । जिल्लामा मतदान अधिकृत सहित १ हजार ४ सय १३ जना कर्मचारी खटाइएको छ । जिल्लाका २ सय ८३ मतदान केन्द्र र १ सय २१ मतदान स्थलमा निर्वाचन सम्पन्न गर्नका लागि कर्मचारीहरु खटाइएको सहायक निर्वाचन अधिकृत रुद्रप्रसाद रेग्मीले बताउनु भयो । जिल्लामा  मौन अवधि सुरू भएपछि निर्वाचन आचार संहिता विपरितका कार्यहरू भएको पाइएन ।

अर्घाखाँची प्रतिनिधि कूलबहादुर नेपालीका अनुसार मालारानी गाउँपालिका–४ खनमा वैशाख २७ गते राती नेकपा एमालेका वडा कमिटीको आयोजनामा नेपाली कांग्रेसका कार्यकर्ता एमालेमा प्रवेश गराउने कार्यक्रमबाट फर्केका नेकपा एमालेका कार्यकर्ता तथा गाडी चालक २५ वर्षीय शुभास पोख्रेललाई मालारानी गाउँपालिका– ४ खनका नेपाली कांग्रेसका कार्यकर्ता ५४ वर्षीय रामसिंह खनाल र ४५ वर्षीय गोबिन्द खनालले हातपात गरेका थिए । दुबै पक्षका कार्यकर्ता जम्मा भएर विवाद भएको छ । घटना लगत्तै प्रहरीले अवस्था नियन्त्रणमा लिएको छ ।  दुबै पक्षको सहमतिमा वैशाख २८ गते घटनाबारे छलफल गरेर मिलाउने सहमतिमा टुङ्गिएको  नेकपा एमालेका तर्फाबाट मालारानी गाउँपालिका–४ वडा सदस्यका उम्मेदवार खिमा खनालले बताउनु भयो । यसैगरी, सन्धिखर्क नगरपालिका–६ घुम्ती रिब्दी भन्ने गाउँमा घुम्ती बजारबाट फर्कदै गरेका नेपाली कांग्रेसका समर्थक कर्मचारी युनियनका केन्द्रीय समितिका सचिव ४२ वर्षीय प्रकाश भट्टराई र नेपाली कांग्रेसका कार्यकर्ता ४० वर्षीय शीव टण्डनलाई सन्धिखर्क नपा– ६ जगतका नेकपा एमालेका कार्यकर्ता ४७ वर्षीय पृतम केसीको नेतृत्वमा आएको ५÷६ जनाको टोलीले वैशाख २७ गते रातीको समयमा पैसा बाँड्न हिडेको आरोपमा  कुटपिट गरेका छन् ।  प्रहरीले दुबै पक्षलाई घर पठाएको र वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा छलफल गरी मिल्ने सहमति भएको प्रकाश भट्टराईले बताउनु भयो ।

रोल्पा प्रतिनिधि तिलक घर्ती मगरका अनुसार नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले वैशाख २७ गते राती सुनछहरी गाउँपालिका–५ मा एमालेका उम्मेदवारको आमालाई कुटपिट गरेका छन । सुनछहरी गाउँपालिका–५ जैमाकसलामा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार तिर्खबहादुर बुढाथोकीका आमा ६७ वर्षीया सत्मा बुढाथोकीमाथि कुटपिट भएको प्रहरी चौकी पोवाङका सई सुर्य गुरुङले बताउनु भयो । नेकपा माओवादी कार्यकर्ताहरू ३८ वर्षीया तानसरी विष्ट र २२ वर्षीय श्याम विष्टले कुटपिट गरेका प्रहरी चौकी य पोवाङका सई गुरुङले बताउनु भयो । चुनावको प्रचारप्रसारका क्रममा राती घरबाट बाहिर बोलाएर एक्कासी कुटपिट गरेको पीडितको भनाई छ । आरोपितहरूले यसअघि पनि पटक–पटक डर, धम्की र त्रास देखाउँदै आएको पीडितले बताउनु भयो । घटनाको बारेमा पीडित परिवारले इलाका प्रहरी कार्यालय सुलिचौरमा वैशाख २८ गते उजुरी दिएका छन् । घटना लगत्तै सुरक्षाकर्र्मीहरूलाई खबर गरेपनि प्रहरीले चासो नदेखाएको पीडितको गुनासो रहेको छ । पीडितको वैशाख २८ गते प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारपछि डिस्चार्ज  गरिएको पीडितका छोरा तिर्खबहादुर बुढाथोकीले बताउनुभयो । घाइतेको अवस्था सामान्य रहेको छ ।

रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार  बुटवल उप–महानपा–११ नेकपा एमालेबाट बुटवल उपमनपाका मेयरका  उम्मेदवार बाबुराम भट्टराईकी पत्नी माया भट्टराई वैशाख २८ गते सुकुम्बासी बस्तीमा पुगेपछि स्थानीय नेपाली कांग्रेसका कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । भट्टराई बुटवल उपमहानपा–११ मजुवाको सुकुम्बासी बस्तीमा बिरामी भेट्न पुगेकोमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले  मत प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न आएको अरोप लगाउदै होहल्ला र नाराबाजी गरेका थिए । घटना स्थलमा प्रहरी पुगेपछि प्रहरीलेस्थानीय सिर्जना भुसालको घरमा भेट्टाएको थियो । मजुवा टोलस्थित सिर्जना भुसालको छिमेकीको घरमा अन्य तीनजना महिलासहित पुगेकी भट्टराई कांग्रेस कार्यकर्ताले होहल्ला गरेपछि सिर्जनाको घरमा बस्नु भएको थियो । नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका–११ का सभापति जितबहादुर मल्लले मतदातालाई पैसा बाँड्ने योजनाका साथ एमाले उम्मेदवारकी पत्नी सुकुम्बासी बस्तीमा आएको दाबी गर्नुभयो । ‘एमालेले विगतमा पनि सुकुम्बासी बस्तीमा पैसा बाँडेर चुनाव जितेको हो, हामीले यसपालि त्यो रोक्न निगरानी गर्दै थियौं त्यही बेला शङ्कास्पद अवस्थामा भेटेकाले यो कुरालाई बाहिर ल्याएका हौ ।,”मल्लले भन्नु भयो । प्रहरीले भट्टराईलाई खान तलास गरेपनि शंका गरेजस्तो केही नभेटिएको स्थानीय विजय क्षेत्रीले बताउनु भयो । घटनाका विषयमा आरोपित माया भट्टराईले भने भारतमा हालै क्यान्सर उपचार गराएर आएकी बुटवल–११ माझगाउँ निवासी महेन्द्र अर्यालकी पत्नी लिला अर्याललाई भेट्न गएको र आफुले बिरामी भेटन जाँदा मोवाईल र ब्याग केही नबोकी गएको इन्सेक प्रतिनिधिलाई बताउनु भयो । आवेगमा आएका नेपाली कांग्रेसका कार्यकर्ताले भट्टराई बसेको घरमा सामानहरू तोडफोड समेत गरेका छन् । घटनाका विषयमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले भट्टराईको खानतलासी गर्दा आरोप लागेजस्तो केही नभेटिएको र मौन अवधिमा सुकुम्बासी बस्तीमा बिरामी भेटन गएको भएपनि केही जोेखिम घट्छ की भनेर भट्टराईलाई प्रहरीले उद्धार गरी छोरालाई बुझाएको बताउनु भयो ।

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार वैशाख २८ गतेबाट मतदाताहरूको मतदाता परिचयपत्र बितरण कार्य सुरू भएको छ । टोलीले मतदान केन्द्रबाट वैशाख २९ गते मतदाता परिचय पत्र बितरण गर्ने मुख्य निर्वाचन अधिकृत खड्कबहादुर केसीले बताउन ुभयो । पाल्पामा १ सय १८ मतदान स्थल र २ सय ४७ मतदान केन्द्र रहेका छन् । सबै मतदान केन्द्रमा मतदान सामाग्री सहित कर्मचारी पुगिसकेको र शान्तिपुर्ण रुपमा मतदाता परिचयपत्र बितरण कार्य भइरहेको छ  । साथै  दुई नगरपालिका र आठ गाँउपालिकाका सबै मतगणना स्थलमा सिसि क्यामेरा जडानको काम भइरहेकोे प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनु भयो । मौन अवधिमा  जिल्लामा कुनै पनि दल र उम्मेदवारबाट उजुरी र गुनासो नआएको प्रजिअ पन्तले बताउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयका अनुसार बाँकेको जानकी गाउँपालिका–६ का नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार सुरेश यादव निकटका व्यक्तिले मौन अवधिमा पानी मोटर बितरण गरेको सूचनाका आधारमा प्रहरी चौकी गनापुरले एक थान मोटर नियन्त्रणमा लिएको छ । जिल्लामा मौन अवधिसँगै जिल्ला प्रशासन कार्यालयले मदिरा बेचबिखन र सेवनमा बन्द गर्ने सूचना प्रकाशन गरेपनि बजारमा अधिकांश होटेलहरूमा मदिरा बेचबिखन गरेको पाइएको छ ।


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज