कोभिड–१९: यो साता परीक्षणमा कमी हुँदा सङ्क्रमित पनि घटे
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो साता परीक्षणमा कमी आउँदा सङ्क्रमितको सङ्ख्या पनि घटेको छ । एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३४ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको अवस्था प्रतिवेदनमा उल्लेख छ । गत साता ४० प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित मध्ये १२ प्रतिशत १९ वर्ष मुनिका व्यक्तिलाई कोभिड सङ्क्रमण देखिएको छ । गत साता १९ वर्षमुनिका नौ प्रतिशतलाई सङ्क्रमण देखिएको थियो । यो साता प्रतिदिन सरदर १ सय २२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन १ सय ८८ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा १ लाख २१ हजार १ सय १० ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । गत साता १ लाख ४३ हजार ६ सय ९५ ओटा स्वाब परीक्षण गरिएको थियो । यो साता ४० हजार ८ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ४८ हजार ९ सय ६३ जना सङ्क्रमित निको भए भने ८ सय ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनायो । गत साता मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय १६ थियो ।
हालसम्म मृत्यु भएकाहरूको सङ्ख्या ७ हजार ३ सय ८६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा ६० वर्ष वा सोभन्दा माथिको उमेर समूहका झण्डै ५४ प्रतिशत रहेका छन् ।
प्रदेश १
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक साताको अवधिमा झापामा ७ सय ९८ जना पुरूष र ५ सय ९१ जना महिला गरी १ हजार ३ सय ८९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ८ सय ४४ जना पुरूष र ५ सय ९५ जना महिला गरी १ हजार ४ सय ३९ जना, मोरङमा १ हजार ३ सय ४९ जना पुरूष र १ हजार २० जना महिला गरी २ हजार ३ सय ७९ जना, पाँचथरमा ३९ जना पुरूष र ३७ जना महिला गरी ७६ जना, सङ्खुवासभामा १ सय २१ जना पुरूष र ७५ जना महिला गरी १ सय ९६ जना, उदयपुरमा ६५ जना पुरूष र ४७ जना महिला गरी १ सय १२ जना, भोजपुरमा २४ जना पुरूष र १७ जना महिला गरी ४१ जना, धनकुटामा २ सय ८ जना पुरूष र १ सय ५७ जना महिला गरी ३ सय ६५ जना, इलाममा ३३ जना पुरूष र १४ जना महिला गरी ४७ जना, खोटाङमा १ सय ४ जना पुरूष र ६८ जना महिला गरी १ सय ७२ जना, ओखलढुङ्गामा २ सय २६ जना पुरूष र १ सय ४७ जना महिला गरी ३ सय ७३ जना, सोलुखुम्बमा ११ जना पुरूष र पाँच जना महिला गरी १६ जना, ताप्लेजुङमा ३७ जना पुरूष र ३० जना महिला गरी ६७ जना र तेहृथुममा ३९ जना पुरूष र २७ जना महिला गरी ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला,मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा ६ हजार ७ सय २८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ ११ गतेबाट जेठ १७ गतेसम्म थप ४ हजार ७ सय १० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये २ हजार ६ सय ९७ जना पुरुष र २ हजार १३ जना महिला रहेका छन् । योसँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ३९ हजार ६ सय ५७ रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १७ गतेको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये १० हजार ५ सय ९ जना होम आइसोलेशनमा रहेका छन् भने ४ सय ९८ जना संस्थागत आइसोलेशन, १ सय ५२ जना आइसीयू र ३१ जना भेन्टिलेटरमा रहेका छन् । कोभिड–१९ सङ्क्रमण बढेसँगै प्रदेशमा मनाङ बाहेक १० ओटा जिल्लामा आशिंक र पूर्ण रुपमा निषेध आदेश जारी रहेको छ । हाल कास्की, गोरखा, तनहुँ, स्याङजा, नवलपुर, पर्वत र लमजुङमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने म्याग्दीमा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको जेठ १७ गतेको तथ्याङ्क अनुसार गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणले १७ जनाको मृत्यु भएको छ ा यो सगै प्रदेशमा कोभिड–१९ सङ्क्रमणले ६ सय ७८ जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश
कोभिड सङ्क्रमणका कारण प्रदेशका जिल्लाहरूमा जारी गरिएको निषेध आदेश जेठ २४ गतेसम्म थप गरिएको छ । लुम्बिनी प्रदेशमा यस साता महिला १ हजार ८ सय ६० जना र पुरुष २ हजार ५ सय १७ जना गरी ४ हजार ३ सय ७७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता भन्दा ३ हजार ५ सय १ जनामा सङ्क्रमित कम देखिएको छ । यस साता पनि सबै भन्दा बढी रुपन्देही जिल्लामा १ हजार ३ सय ३६ जना र सबैभन्दा कम रुकुम पुर्व जिल्लामा सात जना सङ्क्रमित भए । प्रदेशमा बढी सक्रिय सङ्क्रमित बाँके, दाङ, कपिलवस्तु, पाल्पा, रुपन्देही, गुल्मी, नवलपरासी पश्चिम, र बर्दियामा रहेका छन् । लुम्बिनी प्रदेश कोभिड सङ्क्रमण सङ्कट व्यवस्थापन समितिका अध्यक्ष मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा जेठ १६ गते बसेको भर्चुअल बैठकले कोभिड नियन्त्रण तथा चेन ब्रेकको लागि जिल्लाहरूमा जारी भएको निषेध आदेश प्रभावकारी रुपमा लागु गर्ने, अनुगमनको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने र परिस्थितिको आंकलन गरी निषेध आदेश हटाउनु पर्ने भएमा प्रदेश सरकारको समन्वयमा मात्र गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा २३ हजार दुई सय ८५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म १६ हजार २ सय ६३ जनाले कोभिडलाई जितेर घर फर्किएका छन् । हाल आइसोलेशनमा ५ हजार ५३ सय एक जना रहेका छने भने प्रदेशभरीमा मृत्यु हुनेको सङ्ख्या २ सय ४५ रहेको छ । यो हप्ता २ हजार एक सय ५२ नयाँ सङ्क्रमित थपिएका छन । सातामा ३१ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्क छ । यस्तै कर्णाली प्रदेश सरकारले प्रदेश भित्रै दिगो र भरपर्दो अक्सिजन पलान्ट निमार्णको लागि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत लाई १ करोड २० लाख तथा जन स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख प्रदान गरेको प्रदेश सरकारका प्रवक्ता सीता नेपालीले बताउनु भयो । जेठ १० गते बसेको मन्त्री परिषदको निर्णयानुसार प्रदेशमा कोभिड रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यका लागि तत्काल पलान्ट निमार्ण गर्नुपर्ने देखिएकोले सो रकम प्रदान गरिएको प्रवक्ता नेपालीले जानकारी दिनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्त…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…