विद्यार्थी आन्दोलनका कारण एक महिनादेखि पठनपाठन बन्द
नेपाली कङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घको आन्दोलनका कारण डडेल्धुरा जिल्ला सदरमुकामस्थित शिक्षा क्याम्पसमा एक महिनादेखि पठनपाठन बन्द भएको छ । बन्दका कारण सो क्याम्पसमा अध्ययनरत ३ सय विद्यार्थीहरू पठनपाठनबाट वञ्चित भएका छन् ।
क्याम्पस प्रशासनले आफू निकटका व्यक्तिलाई प्रक्रिया पूरा नगरिकनै कर्मचारी भर्ना गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घले गरेको आन्दोलनका कारण पठनपाठन बन्द भएको अनेरास्ववियूका विद्यार्थी नेता पुष्कर देउवाले बताए ।
आफूहरूले प्रक्रियागत र निष्पक्ष रूपमा कर्मचारी भर्ना गर्न क्याम्पस प्रशासनलाई बारम्बार अनुरोध गर्दै आएको भए पनि प्रशासनले पहल नगरेका कारण असार ५ गतेदेखि क्याम्पस बन्द गरी आन्दोलन गर्नु परेको नेपाल विद्यार्थी सङ्घका नेता विरेन्द्र धामीले बताए ।
आन्तरिक विवादलाई समयमै सुल्झाएर क्याम्पसमा लागेको ताला खोलेर पढने वातावरण सिर्जना गरिदिन विद्यार्थी जानकी साउदले आग्रह गरिन् । तालाबन्दीले गर्दा आफूहरूको पठनपाठन अवरूद्ध भएको र परीक्षा पनि नजिक आइरहेकाले क्याम्पसमा लगाएको ताला खुलाई पठनपाठन सहज बनाउनु पर्ने उनको भनाई छ ।
क्याम्पस प्रमुख गङ्गादत्त उप्रेतीका अनुसार क्याम्पसमा पठनपाठन सुरू गर्नका लागि आन्दोलनरत विद्यार्थी नेताहरूसँग समय समयमा छलफल गरिएको भए पनि समस्या सामाधान हुन सकिरहेको छैन ।
भुपेन्द्र बिष्ट
सम्बन्धित समाचारहरू
जातीय विभेद घटनाका कसुरदार गिरफ्तार
सिंजा गाउँपालिका–६ का २९ वर्षीय विवेन्द्र नेपालीलाई जातीय विभेद गरेको कसुरमा सोही ठाउँका ३२ वर्षीय नवीन बुढालाई प्रहरीले ०८१ भदौ ३१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बबई गाउँपालिका–१ का १९ वर्षीय यामबहादुर पुनलाई प्रहरीले ०८१ असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको…
स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा कार्यतालिका सार्वजनिक
विभिन्न कारणले रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनको लागि सरकारले मिति तय गरेपछि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि राजनीतिक…
कारागारमा थुनुवा मृत्यु घटनाको अनुसन्धान गर्न अधिकारकर्मीहरुको माग !
जिल्ला कारागार शाखा, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको घटनामा सुदूरपश्चिम प्रदेशमा कार्यरत बिभिन्न संघसस्थाहरुले ०८१ भदौ २ …
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–४ स्थायी घर भई चौतारा साँगाचोकगढी नपा–५ स्थित बहुप्राविधिक विद्यालयमा अध्ययनरत १८ वर्षीय वीरेन्द्र शाहीलाई असोज २ गते गिरफ्तार गरेको…