राजपाद्वारा चुनावको विरोधमा मसाल जुलुस प्रदर्शन

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले महोत्तरीमा असार १३ गते मसाल जुलुस प्रदर्शन गरेको छ ।

Photo20170627Mahottari

सदरमुकाम जलेश्वरस्थित राजपाको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुसले जलेश्वर नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

जुलुसमा सहभागी राजपाका नेता कार्यकर्ताले निर्वाचनको नाममा पश्चिमी र पूर्वी मधेस थरुहटका जिल्लाहरूमा सेना, सशस्त्र र जनपथ प्रहरीको गाउँगाउँमा ब्यारेक खडा गरेको आरोप लगाएका थिए ।

Photo20170627Mahottari1


अजयकुमार साह