यौन दुर्व्यहार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया एक महिलालाई सार्वजनिक बसमा यात्रा गर्ने क्रममा यौन दुर्व्यहार गरेको आरोपमा प्रहरीले सुनसरीको इनरूवा नपा-१० का २१ वर्षीय राज अन्सारीलाई साउन २२ गते गिरफ्तार गरेको छ ।

धरानबाट सङ्खुवासभाका लागि छुटेको बसमा यात्रा गर्ने क्रममा आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई लालीगुराँस नपाबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन भुजेलले बताए ।

साउन २१ गते साँझ सङ्खुवासभाका लागि छुटेको बसमा यात्रा गर्ने क्रममा आरोपितले यौन दुर्व्यहार गरेपछि साउन २२ गते इलाका प्रहरी कार्यालय बसन्तपुरमा पीडितले उजुरी दिएको प्रहरीले जनायो । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २१ गते बसन्तपुर स्वास्थ्य चौकीमा गरिएको छ ।


भगिश्वर लिम्बू