यौनदुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २१ गते

१२ वर्षीया बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नपा-६ का २१ वर्षीय प्रविण दाहाललाई असोज २० गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असोज २० गते यौनदुर्व्यवहार गरेको आरोपमा सोही दिन इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

घटनाको जानकारी हुना साथ आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो । पीडित बालिकालाई स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पताल सिरहामा असोज २० गते लगिएकोमा महिनाबारी भएकोले नभएको डिएसपी जैसवारले बताउनु भयो ।


दुर्गा परियार