बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया बुहारीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४५ वर्षीय ससुरालाई साउन २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन २७ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर जमुना बस्नेतले बताइन् । पीडित महिलाको साउन २९ गते कोसी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण गरिएको छ ।


इन्दिरा भट्टराई