बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाका १९ वर्षीय रोशनकुमार खङ्गविरुद्ध जिल्ला प्रहरी कार्यालयमा साउन २२ गते उजुरी दर्ता गरिएको छ ।

पीडित युवतीलाई आरोपितले साउन ४ गते राती बलात्कार प्रयास गरेको आरोपमा पीडितकी आमाले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा साउन ७ गते स्वास्थ्य परीक्षण गरिएको थियो ।

एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू बिहेका लागि घरबाट भाग्न खोज्दा पीडितका अभिभावकहरूले थाहा पाएर प्रहरीमा उजुरी गरेको आरोपितका अभिभावकको भनाई छ ।


मनोहरकुमार पोखरेल