बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका–५ सुनारपानीका २७ वर्षीय सविन केसीलाई ०७७ माघ ३० गते प्रहरीले गिरफ्तार गरेको छ ।

माघ २९ गते आफूलाई आरोपितले बलात्कार गरेको आरोपमा पीडितले माघ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको आधारमा केसीलाई गिरफ्तार गरिएका गरेका जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । ।

पीडितको स्वास्थ्य परीक्षण माघ ३० गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थली गरिएको छ ।


नवराज पथिक