बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई जेठ २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई जेठ १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) मा जेठ २० गते गरिएको छ ।


नरेश खाती