बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्तमनस्थिति भएकी २२ वर्षीया महिलालाई भरतपुर महानगरपालिका जगतपुर–२३ का २१ वर्षीय कवि बिकले माघ २८ गते बलात्कार गरेको आरोपमा चितवन जिल्ला प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपितविरूद्ध माघ २९ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २९ गते नै भरतपुर अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यायल चितवनका डिएसपी दुर्गाराज रेग्मीले बताए ।


दिपेन्द्र अधिकारी