बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ कात्तिक २६ गते

अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चकन्या गाउँपालिका–२ का ४० वर्षीय नवराज पण्डितलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १२ गते बलात्कार गरेको भन्दै पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कात्तिक २२ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण त्रिशूली जिल्ला अस्पतालमा कात्तिक २५ गते गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजाराम खड्काले जानकारी दिए ।


नवदीप श्रेष्ठ