बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ साउन २४ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका–५ बराम्चीका १९ वर्षीय रामकाजी तामाङलाई साउन २४ गते गिरफ्तार गरेको छ ।

बलात्कार विरूद्ध पीडितपक्षले साउन २३ गते इलाका प्रहरी कार्यालय जलबिरेमा उजुरी दिएको थियो ।

पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार गरेको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २४ गते चौतारा अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


नातिबावु धिताल