बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७८ जेठ १९ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिया बाँसगढी-२ निवासी २५ वर्षिय किसन चौधरीलाई ०७८ जेठ १७ गते दार्मा गाउँपालिकाबाट गिरफ्तार गरेको छ ।

दार्मा गाउँपालिकामा मजदुरी गर्दै आएका आरोपितले सुर्खेत निवासी बालिकालाई विवाह गर्छु भन्दै जेठ ३ गते भगाएर लिई जेठ १६ गते बालविवाह गरेको खबर पाएपछि घटनास्थलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई जेठ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा  बलात्कार, बाल विवाह र बहुविवाह अन्तर्गत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको डाक्टर भिमकान्त जैसीले जानकारी दिनुभयो ।


मिना बुढाथोकी