बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर २३ गते

१४ वर्षीया छोरी बलात्कारको आरोपमा ३८ वर्षीय बाबुलाई प्रहरीले मङ्सिर २३ गते गिरफ्तार गरेको छ ।

आरोपितले आफूलाई पटक पटक बलात्कार गरेको र पछिल्लो समय मङ्सिर १९ गते बलात्कार गरेपछि पीडित पक्षले मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डीएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २३ गते दैलेख अस्पतालमा भएको प्रहरीले जनायो ।


अमर सुनार