बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ असार ५ गते

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-५ का २८ वर्षीय सुर्यबहादुर भण्डारीलाई असार ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा असार ४ गते उजुरी दिएको छ ।

पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ४ गते नै भिम अस्पताल भैरहवामा गरिएको डिएसपी पाण्डेले बताए ।


रीमा बि.सी