बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२१ वर्षीया महिलालाई फागुन ३ गते बलात्कार गरेको आरोपमा लोहारपट्टी नपा-६ का २२ वर्षीय रहमद नदाफविरूद्ध पीडित पक्षले फागुन ४ गते प्रहरीमा उजुरी दिएको छ ।

पीडित पक्षले चार जनाको समूहमा रहेका रहमद नदाफ र असरफ शेषलाई मात्र आफूले चिनेको र बाँकी २ दुई जनालाई भने पहिचान गर्न नसकेको जनाएको छ ।

रहमद नदाफले मात्र आफूलाई बलात्कार गरेको र बाँकी तीन जनाले घर भित्र प्रवेश गरी ४ लाख ५० हजाररुपियाँ, मोबाइल र जिन्सी लुटेर लगेको पीडित महिलाले बताइन् ।

पीडित महिलाले फागुन ४ गते दिएको उजुरी दर्ता गरी कानुनीकारबाही सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए ।

इन्स्पेक्टर बस्नेतका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ४ गते जिल्ला अस्पतालमा गरिएको छ ।


अजयकुमार साह