बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

११ वर्षीया बालिकालाई माघ ७ गते बलात्कार गरेको आरोपमा माघ ८ गते याङवरक गाउँपालिका-४ का २९ वर्षीय कविन्द्र सुन्दास विरूद्ध जिल्ला प्रहरी कार्याल्यमा उजुरी दर्ता भएको छ ।

पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका र्सइ विष्णु खड्काले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ८ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको छ ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई माघ ७ गते नै गिरफ्तार गरिएको सई खड्काले बताए ।


मङ्गल बेघा