बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

  ०७४ असार २० गते

१६ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा-३ का १९ वर्षीय अब्दुल्ला भन्ने सकिल मुसलमानविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले असार १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

घटनापछि आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको पाण्डेले जानकारी दिएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १९ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.