पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७५ असार ३२ गते

१६ वर्षीया पत्नीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय पतिलाई असार ३१ गते गिरफ्तार गरेको छ ।

बालविवाह गरेका उनीहरूको विवादको विषय थाहा हुन नसकेपनि १६ वर्षीया 'बालिका'लाई असार ३० गते राति ८ बजे कुटपिट गरी हत्या गरेको विषयमा पीडित पक्षको मौखिक उजुरीपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

'पहिरोका कारण सडक अबरूद्ध हुँदा शव बोकेरै ल्याउनुपर्ने भएको छ ।'-डिएसपी फुँयालले भने-'अहिले अनुसन्धान भइरहेको छ ।'

पोष्टमार्टम प्रतिवेदनपछि मात्र थप कुरा सार्वजनिक हुने बताउँदै उनले शवको पोष्टमार्टम जिल्ला अस्पताल रेउघामा गरिने बताए ।


माधवकुमार ओली