चुप्पी प्रहार गरी १७ वर्षीय छोराको हत्या, आरोपित बावु गिरफ्तार

  ०७५ साउन १६ गते

मोरङको सुनवर्षा नगरपालिका–१ घर भई हाल भक्तपुर मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा बस्ने १७ वर्षीय बालक सागर चापगाईँलार्ई ४० वर्षीय बावु डिल्लीराम चापगाईँले चुप्पी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको  ।

सागरलाई सुतिरहेको अवस्थामा हत्या गरी फरार रहेका आरोपित बावुलाई प्रहरी मध्यराति गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिए । घरायसी विवादका कारण हत्या भएको हुनसक्ने एसपी श्रेष्ठले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


सविना केसी