कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १३ गते)
असोज १३ गते १ हजार ५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ७६ हजार २ सय ५८ पुगेको छ । जसमध्ये ५५ हजार ४ सय ७२ जना पुरुष रहेका छन् । गत २४ घण्टामा १० हजार ८ सय ९१ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज १३ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४ सय ९१ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ५५ हजार ३ सय ७१ जना निको भएका छन् । असोज १३ गते ७ सय ३१ जना निको भएका छन् भने निको दर ७२.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २० हजार ३ सय ९६ जनाको उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरूमा काठमाडौँ उपत्यकाका तीन ओटै जिल्ला छन् । प्रदेश १ को मोरङ, प्रदेश २ को सिरहा, बागमती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर र चितवन तथा प्रदेश ५ को रुपन्देहीमा ५ सय भन्दा बढी सङ्क्रमितको उपचार भइरहेको छ । गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्लामा शुन्य सङ्क्रमित छन् ।
प्रदेश २
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार कोरोना सङ्क्रमित बर्दिवास नपा–३ का ७५ वर्षीया एक महिलाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालमा उपचारको क्रममा असोज १३ गते मृत्यु भएको सामाजिक विकास मन्त्रालयक प्रवक्ता एवम् निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिनु भएको छ ।
यसैगरी, मनरा सिस्वा नपा–७ सरपल्लो घर भएर पर्सा जिल्ला जगरनाथपुरमा कार्यरत ५८ वर्षीय स्वास्थ्यकर्मी एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । काठमाडौँको बुढानिलकण्ठस्थित करुण अस्पतालमा उपचारको क्रममा असोज १२ गते बिहान उनको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गतेदेखि भेण्टिलेटरमा उपाचार गराइरहेका उनको उपचारको क्रममा बिहान मृत्यु भयो । उनको असोज ७ गते स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार कोरोना सङक्रमित बरहथवा नपा–६ बस्ने ६८ वर्षीय महिलाको पर्साको बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसीयू कक्षमा उपचारको क्रममा असोज १३ गते मृत्यु भएको जनस्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशील झाले बताउनु भयो । मृतक मधुमेहका रोगी रहेको र उनको स्वास्थ्यमा थप समस्या देखिएपछि असोज ६ गते अस्पताल भर्ना भएको थियो । स्वाब परीक्षण गर्दा असोज १२ गते उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो । यो सँगै सर्लाहीमा कोरोना सङ्मणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।
यसैबिच बरहथवा नगरपालिकाका दुई जना कार्यपालिका सदस्य र केही कर्मचारीहरूमा कोरोना सङ्क्रमण देखिएपछि बरहथवा नगरपालिकाले असोज १२ गते सूचना जारी गरी बरहथवा नगरपालिका भित्रका अति आवश्यक स्वास्थ सेवाबाहेक अन्य सेवाहरू बन्द गर्ने गरी १० दिनको लागि नगरपालिकाका सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख देवानन्द महतोले बताउनु भएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा असोज १३ गते काठमाडौँमा ७ सय ४७, ललितपुरमा १ सय १५, भक्तपुरमा ६५, चितवनमा ६२, काभ्रेपलान्चोकमा १५, मकवानपुर र सन्धुलीमा ६/६, नुवकोट र धादिङमा चार/चार, दोलखा दुई र रामेछाप र सिन्धुपाल्चोकमा एक/एक जना गरी १ हजार २८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्ख्क्रमित हुनेको ससङ्या २८ हजार ४ सय ९९ जना पुगेको छ । जसमध्ये १५ हाजर ३ सय ११ जना उपचारपछि घर फर्किएका छन् भने १३ हजार ४ जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा भइरहेको छ । थप चार जनाको मृत्यु भएसँगै हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय ८४ जना पुगेको छ ।
प्रदेश ५
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोरोना भाइरसका कारण बाँकेमा असोज १३ गते दुई जना पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उमनपा–७ का ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनु भयो । मृतक दुवै जनामा फोक्सोको निमोनियाका बिरामी रहेको श्रेष्ठले बताउनु भयो । यससँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार जिल्ला कारागारमा दुई जना थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थुनामा रहेका रामग्राम नगरपालिका–१४ का ४६ वर्षीय पुरुष र ५२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ३८ पुगेको छ । हालसम्म जिल्लामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश
सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि एक साताका लागि गाउँपालिकाको कार्यालय र सबै वडा कार्यालयहरू बन्द गरिएको छ । गाउँपालिका विपद व्यवस्थापन समिति आकस्मिक बैठकको निर्णय अनुसार असोज १३ गते बेलुका ५ बजेदेखि असोज २० गतेसम्म गाउँपालिका कार्यालय, वडा कार्यालय तथा लुहाम बजार पुर्णरूपमा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । कर्मचारीसहित १५ जनामा कोरोना पुष्टि भएपछि छत्रेश्वरी गाउँपालिकाको कार्यालय र वडा नं ६ को क्षेत्र एक साताका लागि सील गरिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएपछि असोज १४ गतेदेखि अनिश्चितकालका लागि कार्यालय सील गरिएको स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर भीमकान्त जैसीले बताउनु भयो । उहाँले जिल्ला स्वास्थ्य सेवा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा र जिल्ला अस्पताल खलङ्गाको इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको पनि उहाँले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार गौरीगङ्गा नगरपालिकाको कार्यालयमा कार्यरत एक कर्मचारीमा असोज १३ गते कोरोना सङक्रमण पुष्टि भएपछि असोज १४ गतेदेखि असोज २० गतेसम्मका लागि एम्बुलेन्स, दमकल, स्वास्थ्य सेवाबाहेक सबै सेवा बन्द गरिएको कार्यलयका जनस्वास्थ्य निरीक्षक इश्वरीप्रसाद भुसालले बताउनु भयो । सेती प्रादेशिक अस्पतालमा असोज १२ गते गरिएको पीसीआर परीक्षणका क्रममा असोज १३ गते कार्यलयका एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि समुदायमा फैलिन नदिनका लागि कार्यलयबाट प्रवाह गरिने सम्पूर्ण सेवा बन्द गरिएको र हालसम्म गौरीगङ्गा नगरपालिकामा १ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको जनस्वास्थ्य निरीक्षक भुसालले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बेपत्ताको अवस्था सार्वजनिक नहुँदा परिवारमा अन्यौल
'म अभागी रहेछु । जिन्दगीभर जसले हात समाएर साथ दिन्छु भन्दै लिएर आएको थियो, आज उही मेरो साथमा छैन । उ बिना म एक्ली भएकी छु । तर पनि फर्कि…
विद्यालयमा शौचालयको अभावः सेनेटरी प्याड मैत्री शौचालय नहुँदा छात्रालाई कठिनाई
सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालय, डाँडाफयामा शौचालयको अभाव भएको छ । विद्यालयमा शौचालयको अभाव भएसँगै सो विद्यालयका विद्यार्थी र शिक्षकलाई समस्या भएको हो । विद्यालयमा थप समस्या त सेनेटरी…
बाढीपहिरोका कारण पनौतीमा धेरै क्षति (फोटो फिचर)
पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको अपिल गर्नु भएको हो । पनौती…
कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा…