कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २२ गते)
पुस २२ गते ४ सय ९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ७ सय ६ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५६ हजार १ सय ६१ जना निको भएका छन् । पुस २२ गते ४ सय ९५ जना निको भएका छन् भने निको हुनेको दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २२ गतेसम्म १ हजार ८ सय ९९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ५ हजार १ सय ३३ जना सक्रिय सङ्क्रमित रहेकामा १ हजार ६ सय ८ जना होम आइसोलेशनमा छन् । उपचाररतमध्ये १ सय ९७ जनाको उपचार आइसीयूमा र ३० जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, डोल्पा र मुगुमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
प्रहरी हिरासत जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या
जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत निकै जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या भएको छ । द्वन्द्वकालमा ध्वष्त भएको प्रहरीको हिरासत मर्मत गरी प्रयोगमा ल्याएपनि जीर्ण अवस्थामा रहँदा थुनुवाहरूलाई बसोबासमा समस्या भएको…
जिल्ला सदरमुकाममा खानेपानीको अभाव
जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिका–१, मान्म बजारमा तीन हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । जीर्ण अवस्थामा रहेका खानेपानीका पाइपहरू फुटेर पुरै पानी जङ्गलमा जाने भए पनि नगरपालिका र उपभोक्त…
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…