कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १४ गते)
पुस १४ गते ७ सय ८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ५९ हजार ५ सय ८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार १ सय ३५ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ५१ हजार ३ सय १२ जना निको भएका छन् । पुस १४ गते ७ सय ३१ जना निको भएका छन् भने निको हुनेको दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १४ गतेसम्म १ हजार ८ सय ४० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ६ हजार ३ सय ९६ जना सक्रिय सङ्क्रमित रहेकामा २ हजार ९ सय ५८ जना होम आइसोलेशनमा छन् । उपचचाररतमध्ये २ सय २८ जनाको उपचार आइसीयूमा र ४० जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार महोत्तरी, सर्लाही, सिरहा, मुगु र रुकुम पश्चिममा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
सुदूरपश्चिम प्रदेश
बैतडी प्रतिनिधि नरी बडुका अनुसार सुर्नया गाउँपालिकामा कार्यरत एक जना कार्मचारीमा कोभिड १९ सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालय पुस १४ गतेदेखि पुस २१ गतेसम्म बन्द गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनराज पन्तद्वारा पुस १४ गते जारी सूचना अनुसार गाउँपालिकाका सम्पुर्ण कार्य एक साताका लागि बन्द गरिएको हो । गाउँपालिका कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको नमुना परीक्षण गर्ने काम भइरहेकोले पुस २१ गतेसम्म गाउँपालिका बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्तले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको…
अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !
जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका…
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…