कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २७ गते)

मङ्सिर २७ गते ८ सय ९९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार २ सय ४२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ३४ हजार २ सय ३१ जना निको भएका छन् । मङ्सिर २७ गते १ हजार ३ सय ५९ जना निको भएका छन् भने निको हुनेको दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २७ गतेसम्म १ हजार ६ सय ८९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ११ हजार ६ सय ७३ जनाको उपचार भइरहेको छ । ६ हजार ९ सय ३२ जना होम आइसोलेशनमा छन् भने २ सय ६२ जनाको उपचार आइसीयूमा र ४१ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङमा सक्रिय सङ्क्रमित छैनन् भने काठमाडौँ, ललितपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।


अनलाइन डेस्क