कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १८ गते)
मङ्सिर १८ गते १ हजार ३ सय ४३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ९ हजार २ सय ८९ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख २० हजार २ सय ७२ जना निको भएका छन् । मङ्सिर १८ गते २ हजार १ सय ११ जना निको भएका छन् भने निको हुनेको दर ९२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १८ गतेसम्म १ हजार ५ सय ५१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । १५ हजार ७ सय ६६ जनाको उपचार भइरहेको छ । १० हजार २ सय ७१ जना होम आइसोलेशनमा छन् भने ३ सय ८८ जनाको उपचार आइसीयूमा र ६५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । मन्त्रालयका अनुसार मनाङ र डोल्पामा सक्रिय सङ्क्रमित छैनन् भने झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
कर्णाली प्रदेश
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा कोभिड–१९ पुष्टी भएसँगै प्रशासन कार्यालय सील गरिएको छ । प्रशासनले मङ्सिर १८ गते सूचना जारी गरेर मङ्सिर १८ गतेदेखि २० गतेसम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार बेलौरी नगरपालिकाका एक जना जनप्रतिनिधिलाई मङ्सिर १७ गते कोभिड–१९ सङ्क्रमण देखिएपछि यही मङ्सिर १८ गतेदेखि २४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीका अनुसार सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको समेत स्वाब सङ्कलन गरी परीक्षण गर्नुपर्ने भएकाले थप सङ्क्रमणको जोखिम न्युनीकरण गर्न नगरपालिका कार्यालय र बेलौरी बजार क्षेत्रमा रहेका ४, ५ र ६ नम्बर वडा कार्यालय २४ गतेसम्मका लागि बन्द गरिएको हो । यी बाहेक अन्य वडा कार्यालय भने खुला रहने बेलौरी नगरपालिकाले जनाएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितविरुद्ध उजुरी
धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार की २८ वर्षीया लक्ष्मीनिया देवी मण्डलको हत्या गरेको आरोपमा ०८१ कात्तिक १५ गते मटिहानी नगरपालिका-५ का २२ वर्षीय राकेश नायक र निजका पत्नी २५ वर्षीया रीनादेवी…
प्रहरी कुटपिट घटनाका आरोपित गिरफ्तार
जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा कार्यरत प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जना स्थानीयलाई ०८१ कात्तिक २० गते गिरफ्तार गरेको छ । अमरगढी नगरपालिका–५ बागबजारमा ड्युटीमा खटिएका…
बेचबिखन घटनाका आरोपित कुवेतबाट गिरफ्तार
२४ वर्षीया महिलालाई भिजिट भिसामा युएइबाट कुवेतमा पुर्याएर बेचबिखन गरेको आरोपमा प्रहरीले इन्टरपोलमार्फत धनुषा जिल्ला जनकनन्दिनी गाउँपालिका-४ का ५७ वर्षीय दिलिप राउतलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई श्रम र…
जलवायु परिवर्तन र द्रुत सहरीकरणले तापक्रमको चुनौतीः राष्ट्रसङ्घ
युएन ह्याबिटेटले जलवायु परिवर्तन र द्रुत सहरीकरणले निम्त्याएका प्रमुख चुनौतीहरूमा केन्द्रित रहेको विश्व शहर प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व शहरी फोरमको बाह्रौँ सत्रसँगै जारी गरिएको प्रतिवेदनले सन् २०४० सम्ममा…
गुल्मीमा उपनिर्वाचनको लागि तीन मतदान स्थल र पाँच केन्द्र, दलहरू प्रचारमा सक्रिय
गुल्मीमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ भने निर्वाचनको लागि दलहरू सक्रिय देखिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन कार्यालय,…