कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १२ गते)

वैशाख १२ गते ३ हजार ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ लाख १ सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

वैशाख १२ गते परीक्षण गरिएकामध्ये ३३ प्रतिशतमा कोभिड पुष्टी भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १२.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । वैशाख १२ गते मात्रै १९ वर्ष मुनीका ३ सय ४० जनामा कोभिड सङ्क्रमणको पुष्टी भएको छ ।

गत २४ घण्टामा ९ हजार २ सय ९२ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७७ हजार ५ सय ७३ जना निको भएका छन् ।

वैशाख १२ गते ४ सय ५० जना निको भएका छन् भने निको हुनेको दर ९२.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । वैशाख १२ गतेसम्म ३ हजार १ सय ६४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । वैशाख १२ गते मात्रै २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १९ हजार ३ सय ८२ देखाइएको छ । मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

मन्त्रालयका अनुसार १७ हजार ७ सय ८८ जना होम आइसोलेशनमा छन् भने १ हजार ५ सय ४९ जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी २ सय ५२ जना अइसीयूमा र ६५ जना भेण्टिलेटरमा उपचाररत छन् ।

काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार कोभिड–१९ को दोस्रो लहरको महामारीका सङ्क्रमण रोकथामको लागिकाठमाडौँ उपत्यकका तीन ओटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छ ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको वैशाख १२ गते बसेको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले वैशाख १३ गते देखि नै लागू हुनेगरी एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले बढी भिडभाड हुने कार्यालयलाई पनि साप्ताहिक रूपमा सेवा प्रवाहको कार्यतालिका बनाई आलोपालो विधिबाट सेवा दिन आग्रह गर्ने निर्णय गरेको छ ।

रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्लामा कोभिड–१९ को दोस्रो सङ्क्रमण लहर देखा परेको छ । गोसाइकुण्ड गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि एक साताको लागि विद्यालय बन्द गरिएको छ ।

कोमिन स्यामेवाङफेल माविका एक जना शिक्षक र दुई जना विद्यार्थीमा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिकामा तीन, कालिका गाउँपालिकामा एक र गोसाइकुण्ड गाउँपालिकामा चार जना गरी आठ जनामा कोभिड–१९ सङ्क्रमण देखा परेको छ ।

मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार मकवानपुर जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेको, सर्वसाधरणको भिडभाड कम नभएको भन्दै जिल्लमा चल्ने लामो दुरीका सवारी साधन बाहेक सबैमा वैशाख १२ गतेदेखि जोरविजोर प्रणाली लागु गरेको छ ।

एक वर्षअघि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ०७७ वैशाख १२ गते सम्म ४९ जनामा कोभिड-१९ पुष्टि भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (२०७७ वैशाख १२ गते)

अनलाइन डेस्क